बाँकेमा आदिवासी जनजाति महासंघको प्रथम प्रदेश अधिवेशन सम्पन्न
Sunday, February 4th, 2024, 8:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ माघ
बाँकेमा प्रदेश स्तरीय नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार बाँके क्षेत्र नम्बर २ (क) र (ख) तथा क्षेत्र नम्बर ३(ख) मा प्रदेश कार्यसमिति गठन गरिएको छ । यसैगरी आइतबार भएको भेलाबाट प्रदेश प्रतिनिधि पनि चयन गरिएको छ ।
आइतबार गठन गरिएको बाँके क्षेत्र नम्बर २ (क) को सभापतिमा भागीराम बुढामगर, उप–सभापतिमा सुलोचना तामाङ र चन्द्रा थापा मगर, सचिवमा रिना थापा, सह–सचिवमा पुष्पा बुढाथोकी थापा र सदस्यमा बाल कुमार थापा चयन भएका छन् ।
यसैगरी प्रदेश प्रतिनिधिमा भागिराम बुढामगर, शोभा घर्तिमगर, श्याम बहादुर थापा, अन्जु दराई, तारा कुमारी राई, पुष्पा कुमारी गुरुङ र रोशनी थापा मगर रहेका छन् ।
बाँके क्षेत्र नम्बर २(ख) को सभापतिमा अम्बर बुढा मगर, उप–सभापतिमा विरेन्द्र मान श्रेष्ठ, माया मरासनी, सचिवमा किरण श्रेष्ठ, सह–सचिवमा अजय घले, सदस्यहरुमा जोग बहादुर मगर, लक्ष्मण श्रेष्ठ चयन भएका छन् ।
,,,,,,,,,,,,
प्रदेश प्रतिनिधिमा शोभा गुरुङ, जुनु बुढा, केदार रत्न मानन्धर, खिम सिंह राना, प्रदिप श्रेष्ठ र सन्तोष श्रेष्ठ रहेका छन् ।
बाँके क्षेत्र नम्बर ३(ख)को प्रदेश सभापतिमा भिम बहादुर राना, उप–सभापतिमा चन्द्र राना मगर, मनोज गुरुङ, सचिवमा भुवन थापा र कमल पुन, सह–सचिवमा सन्ध्या राना, सदस्यमा दिपिका थापा मगर, सरुचा थापा आलेलाई सर्वसम्मत चयन गरिएको छ ।
आइतबार भएको प्रथम् प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघको केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक माया पुन, नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघ बाँके जिल्लाको केन्द्रिय प्रतिनिधि हेमन्त कर्मचार्य, नेपाली कांग्रेस बाँकेका सदस्य प्रमोद बहादुर श्रेष्ठ, नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघ बाँकेका पुर्व सभापति अनिल श्रेष्ठ, नेपाली कांग्रेसको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, विभिन्न तहका सभापतिहरुको उपस्थिती रहेको थियो । केन्द्रिय सर्कुलर अनुसार आइतबार पहिलो चरणमा देशभरको ७७ जिल्ला गठन गरिएको लुम्बिनी प्रदेश संयोजक पुनले बताईन ।
…………