जानकीमा छैठौं राष्ट्रपति रनिङ शिल्ड सुरु
Monday, February 5th, 2024, 8:01 pm
Kalpristha
रबिन्द्र घिमिरे
जानकी, २२ माघ
जानकी गाउँपालिका बाँकेमा विध्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सोमवारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता मानपुरस्थित कन्या आधारभुत विध्यालयको खेल मैदानमा आयोजना गरिएको छ । प्रतियोगिताको सघिँय सांसद किशोर सिँह राठोर पालिका अध्यक्ष छब्बन खाँले सम्युक्त उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सघिँय सांसद किशोर सिँह राठोरले विध्यार्थीहरुले पहिलो कुरा पढ्नुपर्ने बताउदै शरिरलाई स्वस्थ राख्न ,मस्तिस्कलाई स्वस्थ राख्न मानिसको खेलकुद महत्वपूणर् कडी भएको आफनो धारणा व्यक्त गरे ।जानकी गाउँपालिका शिक्षामा पनि पछाडी परेको र गरिबहरु ,दलितहरु बस्ने क्षेत्र पनि भएको हुनाले प्लस २ सम्म निशुल्क पढाउन शुरु गर्नुस त्यसमा आफुले पनि सहयोग गर्ने सघिँय सांसद किशोर सिँह राठोरको भनाई छ । साथै बाँके जिल्लामा पहिलो ,दोस्रो र तेस्रो आउनेलाई आफुले वजेट व्यवस्थापन गरिदिने उनको भनाई छ । विध्यालययस्तरमा हुने यस्ता खाले प्रतियोगिताले खेलाडी उत्पादनमा समेत टेवा पुर्याउने उनले बताएका छन ।
उद्घाटन समारोहको सभाध्यक्षता ग्रहण गरेका गाउपालिका प्रमुख छब्बन खाँले शिक्षा र खेलकुद विकासको लागी गाउँपालिकाबाट हुने सहयोगमा कुनैपनि कसर नराख्ने आफनो धारणा व्यक्त गरे। उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले पनि सम्बोधन गरेका थिए ।
सोमवार पहिलो दिन भलिवल तर्फ बालविकास र मा वि बन्जारे ,भाटनपुर र शिवपुरी , मा वि जोगागाउँ र जानकी मा वि ,श्रि जनसेवा र ब्राईटस्टार विध्यालय बिच खेल भएको थियो भने छात्राहरु बिच कबड्डी खेल भएको थियो । त्यसै छात्रातर्फ १०० मिटरदेखि १५०० मिटरसम्म दौड प्रतियोगिता समेत भएको थियो ।
जानकी गाउँपालिकाका शिक्षाशाखा प्रमुख कृष्णा कुमारी भन्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सभाध्यक्ष छब्बन खाँलाई विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्दै सलामी अर्पण गरेका थिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव ,प्रमुख प्रशासकिय अधिकुत दिल वहादुर पौडेल ,तिनका वडा अध्यक्ष राजकुमार कुमी,५ का वडा अध्यक्ष टिकानाथ यादव ,६ का जगदिश प्रसाद हरिजन ,सामाजिक विकास समितीका सम्योजक राम आचल धोवी ,कार्यपालिका सदस्यहरु , शिक्षाशाखाी प्रमुख कृष्णा कुमारी भन्डारी , गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरु ,विभिन्न राजनितिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।