चीनले बनाएको कोभिड खोप याड ५–एनकोभ सन् २०२० को अन्त्यसम्ममा बजारमा आउने अपेक्षा
Sunday, August 16th, 2020, 6:36 pm
amit
एजेन्सी, ३२ साउन । चीनले कोरोनाभाइरसविरुद्धको खोप याड ५–एनकोभको पेटेन्ट अधिकार पाएको छ ।
सो खोपलाई चिनियाँ सेनाका मेजर जनरल चेन वेई र कानसिनो बायोलोजिक्स इन्क कम्पनीले बनाएका हुन् ।
चीनले खोपको तेस्रो चरणको परीक्षण विभिन्न देशमा गरिरहेको छ र सन् २०२० को अन्त्यसम्ममा बजारमा ल्याउने अपेक्षा गरिएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा छापिएको रिपोर्टमा उल्लेख गरेको छ ।
खोपको पेटेन्टका लागि मार्च १८ मा अनुरोध गरिएको थियो तर अगस्ट ११ मा सो खोपाले स्वीकृति पाएको थियो ।
चिनियाँ विशेषज्ञहरूका अनुसार कोरोनाभाइरसविरुद्धको खोप सुरक्षित र प्रभावकारी रूपमा बनाउने काममा चीन अघि बढिरहेको छ भने खोपको नराम्रो साइड इफेक्ट पनि देखिएको छैन ।
त्यस्तै तेस्रो चरणको परीक्षणमा खोपको प्रभाव क्षमताको आकलन गरिने छ र खोपको परीक्षण सफल भएमा बजारमा ल्याइहाल्ने चीनले बताएको छ ।
खोपले प्रयोगको स्वीकृति पाइसकेको र्छन् तर पनि चीनले आफ्ना सैनिकहरूलाई लगाउन थालिसकेको छ ।
यसैगरी चिनियाँ जनमुक्ति सेनाको सहयोगमा बनेको खोप भएकाले व्यापक मात्रामा सैनिकहरूलाई लगाइएको छ ।
चिनियाँ विशेषज्ञहरूका अनुसार क्यानसिनो कम्पनीले परीक्षण र खोप बनाउने क्षमताका कारण अमेरिकाको मोडर्ना, फाइजर, क्योरभ्याक र आस्त्राजेनेकालाई पछि पारेको छ ।