न्यू जर्नीले जित्यो प्रदेश सभा सदस्य फुटबल प्रतियोगिता
Tuesday, February 6th, 2024, 9:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बैजनाथ, २३ माघ
बाँकेको बैजनाथमा भएको प्रदेश सभा सदस्य फुटबल प्रतियोगिताको उपाधी न्यू जर्नी क्लब बैजनाथ– ६ लालपुरले जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा न्यु जर्नी क्लबले न्यू आदर्श युबा क्लब बैजनाथ डिगियालाई ३–० ले हराउँदै उपाधि जितेको हो ।
उपाधि विजेता न्यु जर्नीले ५१ हजार र उप–विजेता न्यु आदर्शले ३१ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
बिजयी टीमलाई लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री, एमाले नेता घननाथ खनाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा न्यू जर्नीका दिलबहादुर डाँगी सर्बोउत्कृष्ट खेलाडी, सुदिप वली उत्कृष्ट रक्षक, खिमप्रसाद बुढाथोकी उत्कृष्ट मिड फिल्डर, अर्जुन सुनार सर्बाधिक गोलकर्ता घोषित हुनु भयो ।
यसैगरी न्यु आदर्शका पदम शाही उत्कृष्ट गोलकिपर,बनियाभार युथका पल परियार युवा खेलाडी र अनुशासित खेलाडीको रुपमा चौधरी युवा क्लबका अर्चन थारु पुरस्कृत हुनु भयो ।

……………
बाँके क्षेत्र नम्बर ३(१) बाट निर्वाचित लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा विभिन्न १९ क्लवको सहभागिता रहेको थियो ।
फुटबल प्रतियोगितासँगै माघी मिलन कार्यक्रम समेत गरिएको थियो ।