अरुण कुमार शर्माको अध्यक्षमा शारीरिक सुगठन संघ गठन
Thursday, February 8th, 2024, 8:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ माघ
अरुण कुमार शर्माको अध्यक्षतामा बाँके जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको नयाँ कार्यसमिति चयन गरिएको छ । बिहिबार नेपालगन्जमा सर्वसम्मत चयन गरिएका कार्यसमितिको उपाध्यक्षमा पिंकी बेहना, सचिवमा करुणा शाह, कोषाध्यक्षमा महेन्द्र सिंह रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा अमित कुमार गुप्ता, प्रकाश नेपाली, रिंकु कमल, दिनेश थापा र विजय महत रहनु भएको सचिव करुणा शाहले जानकारी गराउनु भयो । थापा र महतलाई पहिलो बैठकबाट मनोनित गरिएको शाहले बताउनु भयो ।
तिन पुस्ताका खेलाडी सम्मानित
बाँके जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारण सभाको अवसरमा तिन जनालाई सम्मान गरिएको छ ।
बाँके जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको तदर्थ समिति अध्यक्ष रचना श्रेष्ठले शारीरिक सुगठनको क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने तिन पुस्ता व्यक्तिलाई सम्मान गरिएको बताउनु भयो ।
साधारण सभाको उद्घाटन अवसरमा नेपालगन्जमा जिम क्लबको व्यवसायिक रुपमा सुरुआत गर्ने लक्ष्मण ब्यामशालाका प्रमुख लक्ष्मण केसी, ओम फिटनेसका लवराज श्रेष्ठ र गोल्ड जिमका राकेश शाहलाई सम्मान गरिएको छ ।
तिनै जनाले आ–आफनो पुस्तामा शारीरिक सुगठन तथा फिटनेसका क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दैं सम्मान गरिएको श्रेष्ठले बताउनु भयो । ८ महिना अघि श्रेष्ठको नेतृत्वमा बाँके जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ गठन गरिएको थियो ।
बिहिबार भएका संघको पहिलो साधारण सभामा जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाह, ओलम्पियन तथा पुर्व राखेप कोषाध्यक्ष एवम पुर्व मन्त्री सुरेन्द्र हमालले शारीरिक सुगठन खेलको विकासका लागि संघले खेल्नु पर्ने भुमिका बारेमा बोल्नु भएको थियो ।
…………
कार्यक्रममा शारीरिक सुगठन तथा फिटनेस संघ नेपालका पुर्व केन्द्रिय सदस्य सदस्य लक्ष्मण केसी, लुम्बिनी प्रदेशका उपाध्यक्ष लवराज केसी, कोषाध्यक्ष हुकुम केसी, राष्ट्रिय सौन्दर्य कर्मी संघ युनियनको तर्फबाट गीता भण्डारी, राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त जंग शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह लगायतको उपस्थिती रहेको थियो ।