जेसिजको महत्व बुझाउने उद्देश्यले तालिम सम्पन्न
Thursday, February 29th, 2024, 7:25 am
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, १७ फागुन
बर्दिया जेसिजको आयोजनामा नेपालगन्जमा भएको ‘जेसिजमा किन’ ह्वाई इन जेसिज विषयक तालिम बुधबार सम्पन्न भएको छ । तालिममा जेसिजका विविध विषयमा अभिमुखिकरण गरिएको थियो । नेपालगन्जमा भएको तालिमको सह– आयोजकको रुपमा नेपालगन्ज जेसिज, कोहलपुर जेसिज र बैजनाथ जेसिज रहेका थिए ।
बर्दिया जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि रवि सिंह महताराको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि एवम् प्रशिक्षकका रुपमा नेपाल जेसिज वर्ष २०२१ कार्यकारी उपाध्यक्ष जेसि शिव प्रसाद भुषाल रहनु भएको थियो ।
तालिमको उद्घाटन अवसरमा विशिष्ट अतिथिको रुपमा नेपाल जेसिज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष जेसिज नवराज उपाध्याय, जुनियर जेसि एरिया डी संयोजक जुनियर जेसि स्नेहा शर्मा, नेपालगन्ज जेसिज वर्ष २०२३ का निवर्तमान अध्यक्ष जेसि रोसन केसी, नेपालगन्ज जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि आदित्य गुप्ता, कोहलपुर जेसिज २०२४ अध्यक्ष जेसि राज पौडेल, बैजना जेसि वर्ष २०२४ का अध्यक्ष जेसि उपेन्द्र विष्ट लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
तालिममा ४५ भन्दा बढी को सहभागिता रहेको थियो । कार्यक्रममा नेपालगन्ज जुनियर जेसिज र कोहलपुर जुनियर जेसिजको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बर्दिया जेसिजका कानुनी सल्लाहकार जेसि ललित बहादुर कडायतले स्वागत मन्तव्य राख्नु भएको थियो भने राष्ट्रिय उपाध्यक्ष जेसि नवराज उपाध्यायले शुभकामना मन्त्वय राख्नु भएको थियो ।
तालिममा सहभागिहरुलाइ जेसिज भनेको के हो, जेसिजमा किन लाग्ने, जेसिजले युवाहरुको क्षेत्रमा के गर्न सक्छ र जेसिजका मुख्य चार क्षेत्रहरु व्यक्तिगत, व्यवसायिक, सामाजिक र अन्तराष्ट्रिय क्षेत्रमा कसरी काम गर्छ भन्ने कुराहरुको बारेमा प्रशिक्षकले जानकारी गराउनु भएको थियो । जेसिजमा लागेर युवाहरुले गर्न सक्ने कार्य, योगदान, जेसिज र युवाबिचको सहकार्य कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षकले अभिमुखिकरण गर्नु भएको तालिममा सहभागि जेसी टिकाराम चौधरीले बताउनु भयो ।
तालिमको समापन कार्यक्रममा बोल्दैं बर्दिया जेसिजका अध्यक्ष एवम कार्यक्रम अध्यक्ष महताराले सम्पुर्णलाइ उपस्थितीका लागि धन्यवाद दिदैं देशमा युवाहरु सक्रिय भएपछि मात्र देशले प्रगति र विकास गर्ने बताउनु भयो ।
युवाहरुलाई आफनो व्यवसायिक काम सँगै सामाजिक क्षेत्रमा सक्रिय भएर मानविय सेवामा लाग्नका लागि जेसिज सदैव लागिरहने उहाँले बताउनु भएको थियो । यसैगरी जेसिज र स्थानीय निकायलाई एक आपसमा जोडेर देश विकासको सुत्रधार निर्माण गर्ने र सो कार्यमा सदैव लागिरहने उहाँले प्रतिवद्धता जाहेर गर्नु भयो ।