पुरैनीमा पाठेघर मुखको क्यान्सर र बालबालिको स्वास्थ्य परिक्षण
Saturday, March 2nd, 2024, 8:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ फागुन
११४औं अन्तराष्ट्रिय महिला दिवसको अवसर नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २२ पुरैनीमा पाठेघर मुखको क्यान्सर परिक्षण तथा बालबालिकाको स्वास्थ्य परिक्षण कार्यक्रम भएको छ । लायन्स क्लब अफ नेपालगन्ज भेरीको आयोजना भएको स्वास्थ्य परिक्षण कार्यक्रममा वरिष्ट स्त्री रोग विशेष डा. फरद बानु र डा. कमर जहाले निःशुल्क रुपमा ५० जना महिलाको परिक्षण गर्नु भएको थियो ।
सामाजिक सेवा भावले आयोजना गरिएको स्वास्थ्य परिक्षण कार्यक्रम डा. फरद बानुसँगै अन्य डाक्टरहरुले निकै मिहिनेत गर्नु भएको थियो । शनिबार भएको स्वास्थ्य परिक्षण कार्यक्रममा सह–आयोजकका रुपमा साना किसान कृषि सहकारी संस्था लिमिटेड र डेभलपमेन्ट फर नेपालले सहयोग गरेका थिए ।
यसैगरी स्वास्थ्य परिक्षण शिविरमा ४० जना बालबालिकाहरुको स्वास्थ्य अवस्थाको बारेमा परिक्षण गरिएको थियो । कान्ति आरोग्य हस्पिटल नेपालगन्जको संचालक डा. रोमा बोरा र नेपालगन्ज मेडिकल कलेजमा कार्यरत डा. सबिन दाहालले बालबालिकाहरुको निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
…………
लायन्स क्लब अफ नेपालगन्ज भेरी अध्यक्ष स्नेहालता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ एनका पुर्व गर्भनर मधुसुदन शर्मा, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक एवम महिला उद्यमी महासंघ नेपालको कार्यकारी सदस्य सरस्वती शर्मा, लायन्स क्लब अफ नेपालगन्ज भेरीका पुर्व अध्यक्षहरु साबित्रा पोखरेल बस्नेत,आभा गौतम, सुष्मा सुवेदी, सदस्य अन्जु गुरुङ, साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष फन बहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।