केभिआर स्टेज रेस च्यालेन्जमा अशोक र माउन्टजोय विजेता
Sunday, March 3rd, 2024, 7:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौँ, २० फागुन
ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ अशोक बराम र महिलातर्फ फ्लुअर माउन्टजोय पहिलो हुनुभएको छ ।
रानीकोटमा सुरु भएर डोलुमा सम्पन्न भएको ३७ किमी दौडअन्तर्गत पुरुषमा अशोकले निर्धारीत दुरी चार घन्टा २३ मिनेट १९ सकेन्डमा पूरा गर्नुभयो । राजा महतारा चार घन्टा २४ मिनेट २० सकेन्ड समय लगाएर उपविजेता र मनकुमार रोका मगर चार घन्टा ३४ मिनेट ०३ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहनुभयो ।

…………..
महिलातर्फ च्याम्पियन बनेकी माउन्टजोयले पाँच घन्टा ३१ मिनेट ०४ सकेन्डमा दौड पूरा गर्नुभयो । यसैगरी उपविजेतामा चित्त बुझाएकी स्टाइन हेजेलवर्गले पाच घन्टा ५८ मिनेट र १४ सकेन्ड समय लगाउनुभयो । सोन्या मार्टिनले पाँच घन्टा ५८ मिनेट ३६ सकेन्ड समय लगाएर तेस्रो स्थन हासिल गर्नुभयो ।
सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ७० जना धाविकधाविकाको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।