विपन्न परिवारका बालवालिकालाई झोला वितरण
Monday, March 4th, 2024, 6:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, २१ फागुन
डोल्पाको प्रशिद्द श्रीबालात्रिपुरासुन्दरी भगवती माताको मन्दिरमा कार्यरत समाजसेवी एक युवाले अपांग असहाय गरीवदिनदुखि र आर्थिक विपन्न परिवारका बालवालिकालाई झोला वितरण गरेका छन् ।
पछिल्लो समयमा धार्मिक तथा सामाजिक क्षेत्रमा आफुलाई स्थापित गर्ने प्रयासमा रहेका डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– त्रिपुराकोटका जशिराम (जयस)बोहोराले झोला वितरण गरेका हुन् ।
काठमाडौ निवासी रमेशकुमार श्रेष्ठको सहयो र जयस९जशिराम०बोहोराको अथक पहलमा त्रिपुरासुन्दरी–१ करेलिकांडास्थित लेखनाथ आधारभुत विद्यालयमा अध्यायनरत २३ जना र भवानी आधारभुत विद्यालय गल्लीमा अध्यायनरत १५ जना बालवालिका गरेर ३८ जना बालवालिकालाई झोला वितरण गरिएको हो ।
थोरै भएपनि शिक्षा जस्तो पवित्र मन्दिरमा अध्यायनरत बालवालिकालाई आफ्नो पहलमा सहयोग गर्न पाउँदा साह्रै मन शान्त भएको बताउदै झोला उपलब्ध गराएर काठमाडौ निवासि श्रेष्ठ धन्यावादका पात्र भएको उल्लेख गर्दै बोहोराले आभार ब्यक्त गरे ।
हेर्दा सामान्य सहयोग देखिए पनि बालवालिकालाई झोला सहयोगले महत्वपूर्ण अर्थ राख्ने गल्लीका अभिभावक भैरवबहादुर शाहीले बताए ।