संगीतकार वाग्ले युवा आईकनबाट सम्मानीत
Tuesday, March 5th, 2024, 4:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ फागुन
नेपाली गीत संगीतमा लामो समय देखी क्रियाशील संगीतकार वि.पी. वाग्ले “युवा आईकन” बाट सम्मानीत भएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीको हातबाट कोहपुर न.पा. का प्रमुख पूर्ण
प्रसाद आचार्य, बैजनाथ गा.पा. का अध्यक्ष प्रकाश बहादुर शाही लगाएत विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा सम्मानीत हुनेहरुमा युवा संगीतकार वाग्ले सहित विभिन्न फरक–फरक क्षेत्रमा योगदान दिएका ५ जना युवाहरु रहेका थिए ।
जस अनुसार राष्ट्रिय स्तरमा नेपाली संगीत मार्फत सामाजिक जागरण र रुपान्तरणमा उल्लेखनीय योगदान दिए वापत संगीतकार वि.पी. वाग्ले, नेपाली कलाकारिता एवम्रंगमञ्चको माध्यमबाट सामाजिक सचेतनामा योगदान दिए वापत केशव शर्मा, वाइल्ड लाइफ फोटोग्राफी मार्फत वन्यजन्तुको संरक्षण र पर्यटन प्रवद्र्धनमा योगदान दिए वापत दिपक राजवंशी, आपतकालिन रक्तदान मार्फत सयौंको जीवन बचाउन युवाहरुलाई प्रेरणा दिए वापत सुनिल परियार, युवा
महिला उद्यमीहरुलाई हस्तकला मार्फत आत्मनिर्भर बनाउन योगदान दिए वापत विमला चौधरीलाई माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सम्मानीत गरेका थिए ।
नेपाल युवा परिषदको आयोजनामा यहि आइतबार गाभर भ्याली कम्यूनिटी होम स्टे, बाँके, लुम्बिनी प्रदेशमा “उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने नाराका साथ संचालित उक्त युवा सम्मेलनमा लुम्बिनी प्रदेशका १२ ओटा जिल्लाबाट उपस्थीती भएका युवाहरुले प्रदेश एवम्
समग्र देशको निति निर्माण तथा युवा लक्षीत कार्यक्रम र बजेट निर्माणका बारेमा प्रश्न सोधेका थीए भने मुख्यमन्त्रीले जवाफ फर्काएका थिए । सो प्रश्न उत्तर कार्यक्रममा सहजकर्ताका रुपमा नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाले गरेका थिए ।