बाँकेको उत्कृष्ट स्कुल युरो बेबी जोनले मनायो आठौं वार्षिकोत्सव
Wednesday, March 6th, 2024, 8:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ फागुन
युरो बेबी जोन स्कुलले बुधबार आठौं वार्षिकोत्सव मनाएको छ । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १८ मा रहेको युरो बेबी जोन स्कुलको वार्षिकोत्सव अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु देखाउनु भएको थियो ।
युरो बेबी जोन स्कुलका संस्थापक बामदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा एन प्याब्सनका केन्द्रिय सदस्य श्याम कुंवर, संस्थापक तथा एमडी कमल पछाई, कालपृष्ठ दैनिकका प्रकाशक तथा सम्पादक एवम् नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, युरो बेबी जोन स्कुलको प्रिन्सिपल निर्जला महर्जन श्रेष्ठ, डा. पियुस कनोडिया लगायतको अतिथीहरुको उपस्थिती रहेको थियो ।
…………..
प्रमुख अतिथी कुँवरले संस्कार सहितको शिक्षामा युरो बेबी जोन स्कुलले उत्कृष्ट भुमिका निर्वाह गर्दै अगाडी बढेको बताउनु भयो । उहाँले भन्नु भयो, ॅयुरोले विद्यार्थीलाई निकै राम्रो संस्कार दिएर पठन पाठन गराइरहेको छ । जुन सकारात्मक छ । मन्टेश्वरीको सिद्धान्तबाट चलेको स्कुलमा युरो बाँकेमा उत्कृष्ट रहेको छ ।’
युरोले बैज्ञानिक ढंगबाट आधुनिक शिक्षाको शैलीलाई आत्मसाथ गर्दै शिक्षण गराउने कुरालाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको संस्थापक न्यौपानेले बताउनु भयो । आगामी वर्षदेखि सतप्रतिसत स्मार्ट बोर्डमा पठनपाठन गराउने योजना सहित अगाडी बढेको संस्थापक एवम् एमडी पछाईले बताउनु भयो । उहाँले भन्नु भयो, ॅहामीले युरोको सिनियर स्कुल कोहलपुरमा स्थापना गर्ने योजना छ । शैक्षिक सत्र २०८१ देखि थप सुविधाको व्यवस्था गदैं सहित संचालनमा ल्याउने तयारी छ ।’
……….
कार्यक्रममा युरोमा अध्ययन गरिरहेका बालबालिको अभिभावकको तर्फबाट डा.पियुश कनोडियाले शुभकामना मन्तव्य राख्नु भएको थियो । युरो बेबी जोन स्कुलले बाल मनोनिविज्ञानलाई राम्ररी अध्ययन गरेर विद्यार्थीको चौतफी विकासमा उत्कृष्ट ढंगले काम गरिरहेको डा. कनोडियाले बताउनु भयो । उहाँले भन्नु भयो, ॅपठन पाठन र खानपानमा विद्यालयको व्यवस्थापन राम्रो छ । पठन पाठन मैले अपेक्षा गरेको भन्दा राम्रो छ । मेरो बच्चामा युरोमा आउन थालेदेखि धेरै सकारात्मक परिवर्तन भएको छ । जुन अभिभावकका लागि खुसीको कुरा हो ।’
युरोमा गुणस्तरीय शिक्षाको आधार निकै राम्रो भएकोले बाँकेमा उत्कृष्ट युरो स्कुलको रुपमा आफुले महशुस गरेको डा. कनोडियाले बताउनु भयो । कार्यक्रममा प्रिन्सिपल श्रेष्ठले स्वागत मन्तव्य दिदैं विद्यालयको विशेषताहरुको बारेमा जानकारी गराउनु भएको थियो । वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । वर्षको सर्वोत्कृष्ट विद्यार्थीको रुपमा सिनियर युरोमा सिमोन खत्री, जुनियरमा अदिती राना मगरलाई कार्यक्रमका प्रमुख अतिथी तथा अतिथीहरुले पुरस्कृत गर्नु भएको थियो ।
……….
……
……….
…………