क्यान्सर अस्पतालका बिरामीलाई फलफुल वितरण
Wednesday, March 6th, 2024, 8:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ फागुन
खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखाले सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । १ सय १४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल लगायतले अस्पतालमा उपचार गराईरहेका बिरामीहरुलाई फलफुल वितरण गर्नु भएको हो ।
करिब १ सय ५० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताउनु भयो । उहाँले भन्नु भयो, ॅहरेक वर्ष हामी सडक नाटक, र्याली गरेर दिवस मनाउने गरेका थियौं । यस पटक केहि फरक गर्ने उद्देश्यले बिरामीहरुलाई फलफुल वितरण गर्ने देखि लिएर महिलाहरुलाई कानुनी विषयमा जानकारी गराउने उद्देश्यले अभिमुखिकरण गरेका छौं ।’
………..
यसैगरी बुधबारनै खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा कानुनी परामर्श तथा अभिमुखिकरण कार्यक्रम गरिएको थियो । उपाध्यक्ष मन्जु मल्लको अध्यक्षतामा भएको कानुनी परामर्श तथा अभिमुखिकरण कार्यक्रममा अगुवा महिलाहरुलाई कानुनी परामर्शको बारेमा जानकारी गराइएको थियो ।
बि-ग्रुपको सहयोगमा भएको कार्यक्रममा अध्यक्ष विक, प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना, निवर्तमान उपाध्यक्ष एकमाया विक, कानुन व्यवसायी सुनिता शर्मा, इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरिक्षक अशोक मल्ल लगायतले बोल्नु भएको थियो । अभिमुखिकरणमा सहभागी भएका महिलाहरुलाइ कानुनका बारेमा अधिवक्ता सुनिता शर्माले जानकारी गराउनु भएको थियो ।
महिलाहरुले गाउँघरमा थुप्रै हिंसाको सामाना गर्नु परेपनि कानुनी परामर्शको अभावका हिँसाको सिकार हुनु परेको समस्यालाई समाधान गर्न अभिमुखिकरण कार्यक्रम गरिएको उपाध्यक्ष मल्ले बताउनु भयो ।