ईरा मिरा तथा विपद जोखिम न्यूनीकरण तालिम सम्पन्न
Saturday, March 30th, 2024, 7:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ चैत
बाँकेको जानकी गाउँपालिकाको आयोजनामा ईरा मिरा तथा वातावरण तथा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजनामा ईरा मिरा तथा वातावरण तथा विपद जोखिम न्यूनीकरण सम्वन्धि दुई दिने तालिम शुक्रबार सुरु भएको थियो ।
तालिमको वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक राजेन्द्र सिंहले शुभारम्भ गर्नु भएको थियो । संयोजक सिंहले यो तालिम निकै महत्वपूर्ण रहेको बताउनु भयो । तालिमबाट सिकेका कुरा समाजमा आइपर्ने विपदहरुसँग जुध्न लागू गर्नुपर्ने उहाँले बताउनु भयो ।
यसका साथै संयोजक सिंहले के कसरी कार्य गर्दा प्रत्येक वडामा प्रभावकारी लाभ दिन सकिन्छ र विपदबाट जोगाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेल, कार्यपालिका सदस्य रामआचल धोवी, वडा नम्वर ६ का वडा सदस्य प्रेमवहादुर लोनिया, विभिन्न वडाका वडास्तरीय विपद समितिका सदस्यहरु क्रमशः सोनापती सिखनी, उमेशकुमार सोनकर, राधा विष्ट, चित्रवहादुर सुनार, धनसरी विक, धर्मराज वर्मा, सुनिल कुर्मी, करसत सिंह, रेडक्रसका प्रतिनिधि असगर अली तेली, परामर्शदाता शोहराव इद्रिसी, पालिकाका प्रशासन शाखाका प्रमुख गोपीचन्द्र चौलागाईं, सूचना शाखाका प्रमुख विकास जिसी लगायतको उपस्थिति रहेको थियो ।

………….
कार्यक्रमको सञ्चालन वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख राजेन्द्र वाजपेयीले गर्नु भएको थियो । तालिमका सहभागीहरुलाई नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रल्हाद विश्वकर्मा, विपद व्यवस्थापन विज्ञ रुपन ज्ञवाली लगायतले प्रशिक्षण दिनु भएको थियो ।