गुजरात माथि नेपालको सहज जित
Sunday, March 31st, 2024, 6:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ चैत
पालले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गर्दै विजयी शुरूआत गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको हो ।
गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । नेपालका कप्तान रोहितकुमार पौडेलले अविजित रहँदै सर्वाधिक ३३ रन बनाए । २६ बल खेलेका उनले ३ चौका प्रहार गरे ।
यस्तै, अनिलकुमार साहले ३ चौका र १ छक्कासहित ३२ रन बनाए । तेस्रो विकेटका लागि रोहित र अनिलले ६५ रनको साझेदारी गरे । ओपनरद्वय कुशल भुर्तेल १७ र आशिफ शेख १६ रनमा आउट भए । गुजरातका तेजस पटेल र हेमाङ पटेलले १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनाएको हो । गुजरातका रुद्र मयुर पटेलले सर्वाधिक २३ रन बनाए । २२ बल खेलेका उनले ४ चौका प्रहार गरे ।
हेमाङ पटेल २०, सरल प्रजापति १७, अभिषेक देसाईं ११ र स्मित पटेल १० रनमा आउट भए । गुजरातका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । नेपालका गुल्शनकुमार झाले सर्वाधिक ४ विकेट लिए ।
४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए । करण केसीले ३ विकेट लिँदा सोमपाल कामीको नाममा १ विकेट रह्यो ।