जानकीमा पीपीआर अभियान सुरु
Wednesday, April 3rd, 2024, 7:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, २१ चैत
बाँकेको जानकी गाउँपालिकामा महामारी विरुद्ध घरपालुवा जनावरहरु जोखिममा परेको भन्दै गाउँपालिकाले निःशुल्क रुपमा महामारी विरुद्ध पीपीआर अभियान सन्चालन गरेको छ ।
गाउँपालिकाले पहिलो चरणमा १५ हजार भेडा बाख्राहरुलाई महामारी विरुद्ध लाग्ने पीपीआर भ्याक्सिन लगाउन शुरु गरेको हो । महामारी रोगबाट जोगाउन ३ महिना माथिका भेडा बाख्राहरुलाई भ्याक्सिन लगाउन सुरु गरिएको छ । जानकी गाउँपालिकाको पशु सेवा शाखाले १ देखि ६ नम्बर वडासबै गरी जम्मा १० जना भ्याक्सिनेटरको टोली परिचालन गरेर यही चैत्र १८ गतेदेखि भ्याक्सिन लगाउने कार्यको सुरुवात गरेको छ ।
पालिकाले वडा नम्बर १ देखि ६ नम्बर सम्म्म मामहामारी विरुद्धको अभियान सन्चालन गरेको छ । महामारी विरुद्धको अभियान १ हप्तासम्ममा सकिने गाउँपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख दिलवहादुर खड्काले बताएका छन् । ६ वटै वडामा १८ गते देखिनै भ्याक्सिन लगाउन शुरु गरिएको पशु स्वास्थ्य शाखा प्रमुख खड्काको भनाई छ । रोग लागेमा भेँडा बाख्रामा बढी ज्वरो आउने ,नाकबाट बाक्लो सिँगान आउने ,आँखामा बाक्लो कचेरा देखिने , मुखमा घाउ आएर खान नसक्ने र रगत मिसिएको दिसा गर्ने भएकाले समयमा औषधी उपचार नपाएमा मर्न सक्ने सम्भावना पनि आउन सक्ने पशु स्वास्थ्य शाखा प्रमुख खड्का बताउँछन् ।
घरपालुवा जनावरहरुमा लाग्ने रोगका कारण अहिलेको अवस्थामा किसानहरु मारमा परेको भन्दै भेडा बाख्राहरुमा रोग नलागोस भनेर पीपीआरको भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताएका छन् । स्थानिय सरकारप्रति जनताको हक अधिकार भएको बताउँदै उनिहरुको खुशी नै आफनो खुशी भएको अध्यक्ष खाँको भनाई छ ।
जुन भ्याक्सिनको कार्यक्रम गाउँपालिकाले ल्याएको छ ,भेडाबाख्राहरु लाई रोग लाग्थ्यो त्यसबाट पनि बचाउन धेरै मदत गर्ने वडा नम्वर ३ जानकीकी स्थानिय किसान मोमना बागवान बताउँछिन । गाउँपालिकाले भेडाबाख्रामा लाग्ने महामारी विरुद्धको भ्याक्सिन अभियान सन्चालन गरेपछि वडा नम्वर ३ जानकीकी स्थानिय किसान मोमना बागवान खुशी भएकी छन् ।