एसईईमा चिट चोराउने पाँज जना पक्राउ
Wednesday, April 3rd, 2024, 8:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ चैत
बाँकेमा एसईई परिक्षमा शिक्षा ऐन बिपरीत कार्य गर्ने पाँज जना व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा लोटस इङ्गलिस मिडियम हाई स्कुलका प्रिन्सिपल तपन शर्मा र सोही बिद्यालयका पार्टटाइम शिक्षक अलताफ खान, एउटा कन्सल्टेन्सीका सञ्चालक इरफान अली मिकरानी तथा दिलिप विक र सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
चैत २० नेपालगन्ज उप–महानगरपालिका–१२ स्थित मनोज कुमार ओलीले संचालन गरेको ‘ओ एण्ड बि ए वान क्लासेस इन्सिच्युट’ का म्यानेजिङ डाईरेक्टर ईरफान अली मेकरानीलाई सोही स्थानमा दुई थान मोबाईल सहित फेला पारी चेकजाँच गर्दा २०८० सालका एसईई परिक्षाको विज्ञान तथा प्रविधि बिषयको प्रशनको उत्तर लेखी पाठाएको र सोही इन्सिच्युटमा रहेका दिलिप बि.क. र सन्तोष नेपालीलाई कक्षा १० (एसईई) को विज्ञान बिषयको ‘सोल्युसन बुक र प्रयाक्टिस बुक’ राखी विज्ञान बिषयको प्रश्न पत्र प्रिन्ट गरि कापिको पानामा उत्तर लेख्दै गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
निजहरुको मोबाईलबाट बिद्यार्थीहरुलाई उत्तर पठाएको देखिएको हुँदा उक्त कार्य गर्न प्रयोग गरिएका ल्यापटप, मोबाईलहरु, प्रश्न पत्र र सोही प्रश्नका उत्तर लेखिएका उत्तर कापि सहित निजहरुलाई नियन्त्रणमा लिई सम्मानित बाँके जिल्ला अदालतबाट दिन ५ म्याद थप गरि आबश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अघि बढाईएको छ ।
त्यसैगरी लोटस बोर्डिङ स्कुलका पार्ट टाईम शिक्षक अल्ताब खाँल र सोही स्कुलका प्रधानाध्यापक तपन कुमार शर्मा दुबै जनालाई नियन्त्रणमा लिई बाँके जिल्ला अदालतबाट दिन ५ म्याद थप गरि आबश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अघि बढाईएको छ । उनिहरुलाई शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम छ महिना सम्म कैद वा एक लाख रुपैया सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने छ ।