जानकीमा ‘दयामाया होईन सिप र रोजगारी दिउँ’ अभियान शुरु
Friday, April 5th, 2024, 2:37 pm
Kalpristha
रबिन्द्र घिमिरे
जानकी, २३ चैत
बाँकेको जानकी गाउँपालिकाले पालिकामा रहेका फरक क्षमता भएका व्यक्तीहरुलाई गरेको छ । गाउँपालिकाले फरक क्षमता भएका व्यक्तीहरुको लागी आर्थिक शसक्तिकरणका लागी रोजगारको पहल कदम शुरु गरेको छ । जानकी गाउँपालिकाले फरक क्षमता भएका व्यक्तीहरुलाई दयामाया नभई रोजगार बनाउन अभियान शुरु गरेको हो ।
गाउँपालिकामा ठुला उध्योगहरु धेरै रहेकोले फरक क्षमता भएका व्यक्तीहरुसँग पालिका ,वडा तथा उध्योग बिचको अन्र्तक्रिया कार्यक्रम गरि फरक क्षमता भएकालाई प्रार्थमिकतामा राखेर उनिहरुलाई दयामाया नभई, जस्तो उनिहरुको क्षमता छ त्यसलाईनै पालिकाले शसक्तिकरणमा जोड दिएको महिला बालबालिका शाखाकी प्रमुख कल्पना गाहाले बताईन ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तीहरुलाई तालिम दिलाएर सिप सिकाई उनिहरुको क्षमता वृद्दि भएमा अपाङ्गता भएकालाई क्षमताका आधारमा काम उपलब्ध गराउने सुर्य किरण पोलिमर्स ई प्रा ली वडा नम्वर ६ जानकीका सन्चालक जगदिश उप्रेतीले बताए ।
अपाङ्गता भएका व्यक्तीहरुलाई आर्थिक शसक्तिीकरणमा सघाउन स्थानिय सरकारको महत्वपुर्ण भुमिका रहेको बताउँदै अपाङ्गता भएका व्यक्तीलाई ल्याउनका लागी सबैको पहल र प्रयास हुनुपर्ने अपाङ्गता अधिकारकर्मी पुर्ण दृष्टिविहिन भावुक जँग थापाले बताए ।
गाउँपालिका अपाङ्गता भएका व्यक्तीहरुलाई सिप सिकाउन तथा उनिहरुलाई रोजगारीका लागी पहल गर्न प्रतिबद्द रहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल वहादुर पौडेलले बताए ।
गाउँपालिकाले उध्योगसँग समन्वय गरेर अपाङ्गता भएका व्यक्तीहरुलाई तालिम दिई रोजगार बनाउन पहल गरेको छ । सामाजिक विकास समितीका संयोजक राम आचल धोवीको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन , कार्यपालिका सदस्य राजेन्द्र सिँह ,उध्योगीहरु लगायतले आ आफनो धारणा राखेका थिए ।