अनलाईन र मोबाइल पत्रकारिता सुरु
Sunday, April 7th, 2024, 8:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २५ चैत
पत्रकार महासंघ बाँकेको आयोजनामा कोहलपुरमा अनलाइन र मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । दुई दिने तालिममा बाँकेका क्रियाशिल रहनु भएका ४८ भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको छ ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिममा सहभागि भएका पत्रकारहरुलाई नयाँ आधुनिक प्रविधिको प्रयोग गर्दै पत्रकारिता गर्न सहजीकरण गर्ने उद्देश्य राखिएको छ ।
आइतबार कोहलपुर नगरपालिका प्रमुख पुर्णप्रसाद आर्चाय, उप–प्रमुख, संगिता सुवेदीले तालिमको उद्घाटन गर्नु भएको थियो । नगरप्रमुख आर्चायले समय सापेक्ष पत्रकारहरुको क्षमता अभिवृद्धि हुनु पर्ने कुरामा आफनो सहयोग रहने बताउँदैं पत्रकारितालाई मर्यादित र विश्वश्नीय बनाउन आवश्यक रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीले तालिम आयोजना गर्न सहयोग गर्नु भएकोमा कोहलपुर नगरपालिकालाई धन्यवाद दिनु भयो ।
कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले पत्रकारले पत्रकारहरुले विभिन्न चुनौतिको सामना गर्दै सकारात्मक परिवर्तनमा चासोे दिनु पर्ने बताउनु भयो ।
दुई दिने तालिममा कान्तिपुर दैनिकका पुर्व सम्पादक हरि थापा, शिलापत्र डटकमका सम्पादक जनक नेपाल र नसना बज्राचार्य लगायतले सहजीकरण गर्नु हुनेछ ।