गुरुकुलको १५औं वार्षिक उत्सवः निःशुल्क आँखा र कान स्वास्थ्य शिविर सम्पन्न
Tuesday, July 30th, 2024, 12:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ साउन
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिक उत्सवको अवसरमा निःशुल्क आँखा र कान स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नं–२२ स्थित श्री आधारभूत विद्यालय पुरैनीमा सञ्चालन सो शिविर संचालन गरिएको थियो । ‘आँखा र कान भनेको मानव शरिरको महत्वपूर्ण अंङ्ग हुन् ।

……….
आँखाले हामीलाई संसारका हरेक निर्जिव बस्तुहरुलाई देख्न सक्ने कार्य गर्दछ भने कानले हरेक किसिमका ध्वनिलाई सहज रुपमा सुन्न सक्ने बनाउँदछ । यो भयन भने हामी आफुलाई अपांङ्गता महसूस गर्दछौं र थुप्रै कार्यहरु गर्नबाट बञ्चित रहन्छौं, त्यसकारण हामी स्वस्थ हुन जरुरी छ । यही ध्येयका साथ संस्थाले सहकारीका ७ सिद्धान्त अनुरुप सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा र कान स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष प्रदिप चौधरीले जानकारी दिनुभयो’ ।
कार्यक्रम नेपालगन्ज उप–महानगरपालिका वडा नं–२२ को कार्यालयको समन्वय, फत्तेवाल आँखा अस्पताल र बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्रको प्राविधिक सहयोगमा गरिएको थियो । स्वास्थ्य शिविरमा २६० जनाको उपस्थिति रहेको थियो । जसमध्ये २४० जनाको आँखा चेकजाँच भएको थियोे । तीमध्ये १८जनामा मोतिबिन्दु समस्या देखिएको छ । उनीहरूलाई शल्यक्रियाका लागि सुझाव समेत दिईएको छ ।

……..
शिवरमा २३१ जनाको कानको परीक्षणा गरिएको छ । संस्थाका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी रहनुभएको थियो ।
विशिष्ट अतिथिमा नेपालगन्ज उप–महानगरपालिका वडा नं–२२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाई , जिल्ला सहकारी संघ लिमिटेडका प्रबन्धक नवराज उपाध्याय, जिल्ला बचत तथा ऋण जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष हिरा खरेल लगायतको उपस्तिथि थियो ।