जनताका प्रिय नेता ‘बादशाह’
Friday, August 2nd, 2024, 5:42 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, १८ साउन
बादशाह नेपाली कांग्रेसको राजनितिमा चर्चित नाम हो । जब जब उनी चुनावी मैदानमा होमिन्छन उनका बिरोधीहरु असफल बनाउन अनैक हतकण्डा अपनाउने गरेका छन् । तर आम मानिसका समस्या र दुःखमा साथ दिदै आएका बादशाहले जनताबाट साथ पाउँदै आएका छन् । बाँकेका आम कार्यकर्ताका प्रिय नेता बादशाहले शुक्रबार जिम्मेवारी बाडबाड गरिएको लुम्बिनी प्रदेशमा एउटा महत्वपुर्ण जिम्मेवारी पाएका छन् ।
बाँके क्षेत्र नम्बर ३(ख)बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित बादशाहले शुक्रबार राजनिति करियरकै ठुलो जिम्मेवारी पाएका छन्, त्यो लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री । नाम जस्तै राजनितिमा उनको सफलता लोभलाग्दो छ । बाँके क्षेत्र नम्बर ३(ख)बाट प्रदेश सभामा निर्वाचनमा नेकपा एमालेका भीम ओलीलाई हराउँदैं २ हजार ४ सय ८३ मतले हराउँदै उनी निर्वाचित भएका थिए ।
प्रदेश सभामा निर्वाचित भएका बादशाह नेपाली कांग्रेस बाँकेको पार्टी सभापति निर्वाचनमा भने असफल भएका थिए । जनता र कार्यकर्ता माझ लोकप्रिय नेता बादशाह आफनो सम्पुर्ण समय जनताको सेवामा लाग्ने नेताको रुपमा चिनिन्छन् ।
नेपालगन्जको परसपुरका बासिन्दा बादशाह घरमै सधै स्थानीय भीड हुन्छन, उनका घरमा आउने हरेकलाई आफना समस्या समधान गर्न सक्ने नेता बादशाह हुन भन्ने विश्वास हुन्छ । शुक्रबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने बित्तिकै उनको घरमा बधाई दिन आउने समर्थकको भिड लागेको थियो । मन्त्रीको जिम्मेवारी पाएपछि बादशाहले भने, ‘जनतालाई म निरास हुन दिन्न । मैले जे जिम्मेवारी पाएको छु त्यो इमानदारिताका साथ पुरा गर्छु ।’

……..
मन्त्री बनेर आएका बेला पनि उनका उत्साही समर्थकको भीडले घेरिएका थिए बादशाह । पार्टी कार्यालय देखि घर जाने बाटो सम्मको उनका समर्थकले खुसीयाली मनाउँदै हिडेका थिए । बाँकेको राजनितिमा महत्वपुर्ण योगदान गरेका नेतामा पर्छन् ।
दुई पटक संविधान सभा सदस्य भएर काम गरिसकेका बादशाह पश्चिम नेपालको राजनिति इतिहासमा सालिन छबि बनाएका नेता हुन् । जमिनदारको छोरा भएर पनि उनको जीवन शैली सामान्य छ । बाँकेको राजनितिमा उनी आफनो नाम जस्तै बादशाहका रुपमा उदाउँदैछन् । राजनितिमा उनको योगदान पनि ‘बादशाह’ को जस्तै छ ।
२८ वर्षको उमेरमा तत्कालिन परसपुर गाविस अध्यक्षमा चुनाव लडेका बादशाहले सफलता प्राप्त गर्न सकेनन् । तर त्यसपछि उनले लगातार दुई पटक परसपुरको गाविस अध्यक्ष बनेर त्यस क्षेत्रको विकासमा सक्रिय भएर लागे । आफनो जन्मथलो परसपुरबाट सुरु भएको उनको राजनिति यात्रा संविधान सभा सदस्य सम्म पुगिसकेको छ । जनताका माझ लोकप्रिय नेताका रुपमा चिनिन्छन् उनी ।
नेपाली काँग्रेसका नेता बादशाह कुर्मी यतिबेला बाँके, प्रदेश सभा–३ (ख) मा चुनावी दौडमा छन् । २०६४ र २०७० सालमा दुई पटक समानुपातिक सभासद भएर उनले गरेका कामको आधारमा नै अहिले उनी आफ्नो मुल्यांकन स्वरुप मतदातामाझ पुगिरहेका छन् ।
पार्टी गरेको लामो संर्घषका कारण राजनीतिमा फड्को मारेका कुर्मीले क्षेत्र नम्बर २ र ३ (साविक क्षेत्र नम्बर ३ र ४) मा गरेका भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रमा गरेको कामको स्थानीय स्तरमा गर्व गर्न लायक देखिन्छन् । नेता कुर्मीको पहलमा क्षेत्र नम्बर २ र ३ मा थुप्रै सडक निर्माण तथा स्तरउन्नती गरिएको छ । यस्तै कृषिका लागि विभिन्न कामहरु भएका छन् ।

………..
कुर्मीकै पहलमा बाँकेको साईगाउँ—मनिकापुर हुदैं कोहलपुरको चट्टार जोड्ने २४ किलोमिटर सडक कालोपत्र निर्माणको काम भएको थियो । यस्तै भन्सार रोडदेखी शिवपुरी सम्मको सडक, विपी चोकदेखी साहदत्तपुर सम्मको सडक, वाटरपार्कदेखी बनियागाउँ—गुरुवागाउँ—बकसपुर हुदै छत्तरपुर सम्मको कालोपत्रे, तेजनगरदेखी जुगुनभरिया हुदै खजुरारोड जोड्ने सडक, खजुरा खुर्दको नहर हुदै गिजरा गाउँ हुदै लाईनपुर सम्मको सडक, जोगागाउँदेखी बढैया सम्मको सडक, परस्पुरदेखी गौघाट सम्मको सडक, आर्दश नगरदेखी साईगाउँ सम्मको सडक कालोपत्रे गर्नमा कुर्मीको योगदान रहेको छ ।
यसैगरी परस्पुरदेखी राधापुर सम्मको सडक कालोपत्रे गर्नका लागि पनि कुर्मीले नै डिपिआर तयार गर्न लगाएका थिए । यसका साथै उनले सामाजिक कामको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुरमा ज्ञान सागर उच्च माध्यामिक बिद्यालय स्थापनादेखी प्लसटु कक्षा सञ्चालन गर्न सफल भएका थिए ।
जोगागाउँ र गुरुवा गाउँमा रहेका दुई वटा ताललाई पर्यटकिय स्थलको रुपमा विकास गर्न ताल संरक्षणका लागी आवश्यक बजेट विनियोजन गरे । नेपालगन्जमा ‘कुमोदबोध’ नामक चक्रपथ ९२७ किमी० निर्माणका लागी उम्मेदवार कुर्मीले नै विशेष पहल गरेका थिए । यसअघिका सांसदको ईच्छाशक्ती नहुँदा उक्त चक्रपथ निर्माण योजना कार्यान्वयनमा आउन सकेको छैन ।

……….
कुर्मीले आफ्नो राजनीतिक यात्राका क्रममा विकासका लागि ग्रामिण र शहरी क्षेत्रमा धेरै योगदान गरेका छन् । खजुरामा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल निर्माण गर्नका लागि स्थानीय बासिन्दाले गरेको प्रयासलाई अझ सार्थक बनाउन स्वर्गिय सुशिल कोईरालामार्फत संघिय सरकारबाट बार्षिक रुपमा करोडौं बजेट विनियोजन गराउन सफल भएका थिए । यस्तै नौवस्तामा औद्योगिक क्षेत्र स्थापना गर्न पनि कुर्मीले योगदान गरे । पिछडिएको क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य, बिद्युत विस्तारका लागि उनले गरेको योगदान अविष्मरणीय छ ।
२०१५ साल असोज १५ गते साविक परस्पुर गाविसमा जन्मेका कुर्मीले आर्दशनगरमा रहेको सरकारी बिद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका थिए । कक्षा ६ देखी ९ सम्मको पढाई भने उनले नेपालगन्जस्थित मंगलप्रसाद माध्यामिक बिद्यालयमा गरे । कुर्मीले त्यसपछिको पढाई भने भारतबाट पुरा गरेका थिए । रुपैडिहास्थित रामजानकी कलेजबाट एसएलसी र प्लस टु उर्तीण गरे ।
२०३६ सालको जनमत संग्रहमा जब उनी सहभागी भए, त्यसपछि उनलाई राजनीतिको नसाले छोयोे । ‘गाउँघरका सबैले मलाई राजनीतिमा लाग्नुपर्छ भनेर सल्लाह सुझाव दिनुभयो, त्यसपछि मैले आफुलाई राजनीति क्षेत्रमा उभ्याउने प्रयास गरेको हुँ,’ विगतलाई सम्झिदै उनी भन्छन । फलस्वरुप, २०४३ सालमा पञ्चायत विरुद्ध नेपाली काँग्रेसका तर्फबाट कुर्मी चुनाव लडे । तर, झिनो मतले उनी पराजित भए । त्यसपछि उनले आफुलाई राजनीतिमा झनै सक्रिय बनाए ।
२०४६ सालको जनआन्दोलनमा उनी सक्रिय रुपमा सहभागी भए । ‘आन्दोलनका क्रममा त्यतिबेला मेरा हात भाँच्चिएको थियो, तरपनि मैले हार खाएन, झनै उत्साहित भए,’ कुर्मी भन्छन् । उनी २०४९ र २०५४ सालमा दुई पटक नेपाली काँग्रेसको तर्फबाट साविक परसपुर गाबिसको अध्यक्षमा निर्वाचित भए । गाविस अध्यक्ष हुँदा उनले आफ्नो ठाउँमा गरेको विकास निर्माणको कामको स्थानीय स्तरमा अहिले पनि प्रशंसा हुन्छ ।

…………
स्थानीय निकायमा दुई पटक अनुभव लिईसकेपछि उनले पार्टीको जिल्ला स्तरमा आफ्नो पहुँच बढाए । जिल्ला सदस्यबाट कार्यसमितिमा छिरेका नेता कुर्मी २०६२ र ६३ मा काँग्रेस बाँकेको कार्यबाहक सभापति समेत भएर काम गरे ।
पार्टीमा अहिले सम्म ६ पटक महाधिवेशन प्रतिनिधी तथा महासमिति सदस्य भईसकेका उनी १४ औं महाधिवेशनमा काँग्रेस बाँकेको सभापति पदको उम्मेदवार भएका थिए । तर सफल हुन भने सकेनन् । २०४८ र २०५६ सालमा काँग्रेसको किल्ला बनेको बाँके क्षेत्र नम्बर ३ मा २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा संघिय संसदको उम्मेदवार बनेपनि तत्कालिन बामगठबन्धनका उम्मेदवारलाई कडा टक्कर दिदै झिनो मतले पराजित भए । डेढ वर्ष अघि बाँके क्षेत्र नम्बर ३ (ख) का जनताले उनलाई प्रदेश सासदको रुपमा जिम्मेवारी सुम्पिदिएका थिए भारी मतका साथ । लुम्बिनी प्रदेश सभाको सदस्य बनेका मन्त्री बादशाहलाई राजनितिक करियरकै उच्चतम अवसर मिलेको छ मन्त्रीका रुपमा । त्यो जिम्मेवारीलाई उनले कसरी निर्वाह गर्नेछन् भन्ने आम बाँकेबासीले प्रतिक्षा गरिरहेका छन् ।