मण्डलीद्धारा नेपालगन्ज रत्न राजमार्ग वरिपरि सरसफाइ
Wednesday, August 21st, 2024, 11:19 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ भदौ
लुम्बिनी प्रदेशको बाँके जिल्लामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले वातावरण सरसफाइ आयोजना गरेको छ । परमेश्वरको मण्डलीका अधिकारीले, मानव–जातिको खुशीको निम्ति परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वीलाई सुन्दर रूपमा सजाएर भावी पुस्तामाझ हस्तान्तरण गर्ने बहुमूल्य कार्यमा सन्तहरू स्वेच्छाले सहभागी भएको कुरा बताए ।
परमेश्वरको मण्डलीका सदस्यहरू, उनीहरूका परिवारहरू, जिल्ला प्रहरी कार्यालयबाट आउनु भएका प्रहरीहरू साथै छिमेकीहरू गरी करीब १५० जनाभन्दा बढीले नेपालगन्ज उप–महानगरपालिकाको रत्न राजमार्गको १ कि.मि. सडक खण्ड सरसफाइ गरेका हुन् । यस ठाउँको मुख्य सडक भएको र यहाँ मानिसहरूको आवतजावत धेरै हुने भएकोले बाटोमा धेरै फोहोरहरू फ्याँकिन्छ । विशेष गरी सडकको किनार र बस बिसौनीमा धेरै फोहोर हुन्छ । बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रम करीब तीन घण्टासम्म जारी रह्यो । प्लास्टिक, एकल–प्रयोग सामग्रीहरू, क्यान, फुटेका बोतलहरू, चुरोटका ठुटाहरू जस्ता विभिन्न फोहोरहरूले ५० लिटरका बोरा २०० वटा भरिएका थिए । अर्कोतर्फ, उनीहरूले गैरकानूनी रूपमा टाँसिएका विज्ञापनहरू हटाएर सहरलाई सुन्दर बनाउन सहयोग गरेका थिए ।

…………
नेपालगन्ज उप–महानगरपालिकाले फोहर व्यवस्थापनको लागि टेक्टरको व्यावस्थापनमा सहयोग पुर¥याएको थियो । कार्यक्रममा सहभागी नेपालगन्ज उप–महानगरपालीका वडा नं. १ का वडाध्यक्ष तथा नेपालगन्ज उप महानगरपालीकाका प्रवक्ता श्री प्रमोद रिजालले मण्डलीले मानव जातिको हितको निम्ति गरिरहेको स्वयंसेवा कार्यहरू,वातावरण सरसफाई, साथै मानव जीवन वचाउन रक्तदान जस्ता परोपकारी कार्यहरू अतिनै प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा सहभागी भएका जुनबहादुर थापा (उमेर–५६) ले खुशी हुँदै, वातावरण सरसफाइ गर्दै पृथ्वी र मानव हितको कार्यमा आफु सहभागी हुन पाएकोमा हृदयदेखि नै खुःशी भएको बताए । त्यसैगरि कार्यक्रममा सहभागी भएका मिन बहादुर पुन (उमेर ३३)ले वातावरण सरसफाइ गर्नु भनेको आफैमा असलकार्य हो, झरी पर्ने मौसम भएपनि कुनै प्रकृतिक अवरोध विनानै यो सरसफाइ कार्यक्रम सम्पन्न गर्न सकिएकोमा म साच्चै खुःशी रहेको बताए ।
यो वर्ष मात्रै बागमती प्रदेशको मकवानपुर र धादिङ, कोशी प्रदेशको मोरङ, कर्णाली प्रदेशको सुर्खेत लगायत देशका विभिन्न ठाउँहरूमा वातावरण सरसफाइ गर्न परमेश्वरको मण्डली अग्रसर रह्यो । जुलाईमा काठमाडौँको नागार्जुनस्थित छग्डोल गाउँको सामुदायिक वनमा ५०० वटा र कोशी प्रदेश दमकको रतुवा खोला किनारमा ५०० वटा रूखहरू रोपिएको थियो । यो अभियानचाहिँ परमेश्वरको मण्डलीले आफ्नो स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा सञ्चालन गर्ने ‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा ‘आशाको वन’ अभियान हो ।
त्यसै गरी गत जून महिनामा काठमाडौंको बूढानीलकण्ठ भङ्गालस्थित धोवी खोला परिसरमा, भक्तपुरको सूर्यविनायकस्थित वन भोज खेल मैदानमा र गण्डकी प्रदेशको नवलपुरस्थित बर्दघाटमा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान जारी गरियो । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव–जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ । यसले समुद्र वा नदीहरूमा बग्ने प्लास्टिकजन्य फोहोरलाई सङ्कलन गर्ने र त्यसलाई छुट्टाछुट्टै विसर्जन गर्ने र प्लास्टिकको प्रयोगलाई घटाएर कार्बन डाइअक्साइड उत्सर्जन घटाउने, वातावरण संरक्षणसम्बन्धी जनचेतना जगाउने र सहभागिता प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।
यसबाहेक, रक्त आपूर्ति अभावलाई पूर्ति गर्नमा मद्दत पुर¥याउन यो वर्ष देशभर १९ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै वृद्धाश्रमको भ्रमण, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूमा कम्प्युटर सहयोग जस्ता विभिन्न तर्फबाट मण्डलीले प्रेम बाँडिरहेको छ । विभिन्न क्षेत्रमा स्वयंसेवा गर्दैआएको परमेश्वरको मण्डलीले २०७२ सालमा महाभूकम्प गएको बेलामा पनि सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालयको पुनर्निर्माण गर्नुका साथै ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार कार्य तथा घाइतेको उद्धार गर्ने कार्य गरÞ्यो, अनि हिमाली क्षेत्रका गाउँहरूमा हेलिकप्टरबाट १,००० घरधुरीका निम्ति १४ पटक खाद्यान्न ढुवानी ग¥यो ।
मण्डलीले बागमती प्रदेश सांसद, सामाजिक विकास मन्त्री र नेपाली रेडक्रसका अध्यक्ष जस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट प्रशंसा–पत्र प्राप्त गरेको छ । अनि अन्तर्राष्ट्रिय स्तरमा तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिल विधायिकी पदक जस्ता विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ४,७०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ । मण्डलीले हालसम्म वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत कार्य, शैक्षिक सहयोग जस्ता विभिन्न क्षेत्रमा २८,००० पटकभन्दा बढी स्वयंसेवाका गतिविधिहरू गरेको छ ।