बागेश्वरी चलचित्र मन्दिर ३६ औं बर्षमा प्रवेश
Wednesday, August 21st, 2024, 11:55 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ भदौ
बागेश्वरी चलचित्र मन्दिर स्थापना भएको ३५ वर्ष र त्यसबाट परिमार्जित हुँदै क्युएफएक्स बागेश्वरी नेपालगन्ज स्थापनाको आठौं वर्ष पूरा पुरा गरेको छ ।
सन् २००१ मा काठमाडौंको जय नेपाल हलबाट क्यूएफएक्सले उत्साहित रुपमा मनोरन्जन व्यवसायको सुरुवात गरेको हो ।

……….
त्यसको पन्ध्र वर्षपछि सन् २०१६ अगस्टदेखि तत्कालिन बागेश्वरी चलचित्र मन्दिरलाई क्वेष्ट इन्टरटेन्मेन्टको विशेषज्ञतामा आवस्यक सुधार गरी क्यूएफएक्स बागेश्वरी सिनेमाजकारुपमा सन्चालनमा ल्याइएको थियो ।
अगस्ट १२ देखि सञ्चालनमा आएता पनि बागेश्वरी चलचित्र मन्दिर विसं २०४६ भाद्र ४ गतेदेखि सुरुवात भएको हुँदा भाद्र ४ गते नै स्थापना दिवस मनाईदै आएको छ ।

…….
स्थापना दिवस कै अवसर पारेर अहिले हलमा सौन्दर्यकरण गर्नुका साथै नयाँ लेजर लाईट प्रोजेक्टर , एसी र साउण्ड सिस्टम थप जडान गरिएको छ ।
बागेश्वरी चलचित्र मन्दिर सुरुवात हुँदा नेपाली चलचित्र लाहुरे र क्यूएफएक्स बागेश्वरी सिनेमाज हुँदा नेपाली चलचित्र जय परशुराम अनि हिन्दी चलचित्र रुस्तम प्रदर्शन भएको थियो ।