जानकीमा गनापुर स्वास्थ्य चौकी पहिलो
Wednesday, August 28th, 2024, 9:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, १२ भदौ
जानकी गाउँपालिका बाँकेमा आर्थिक बर्ष २०८०र८१ मा सम्पादित स्वास्थ्य कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक प्रगति समीक्षा सुरु भएको छ ।
मङ्गलबरदेखि सुरु भएको दुई दिने बार्षिक प्रगति समीक्षाको सामाजिक विकास समितीका संयोजक राम आचल धोवीको अध्यक्षतामा पालिका अध्यक्ष छब्बन खाँले उद्घाटन गरेका थिए ।
जानकी गाउँपालिकाका १ देखि ६ वटै वडाका स्वास्थ्य संस्थाहरुको सम्पादित स्वास्थ्य कार्यक्रम तथा सेवा प्रवाहको कार्य प्रगति विवरण प्रस्तुत गरिएको कार्यक्रमबाट कार्यप्रगति र प्रस्तुतिकरणका आधारमा गनापुर स्वास्थ्य चौकी पहिलो ,बेलभार स्वास्थ्य चौकी दोस्रो र खजुरा खुद्र स्वास्थ्य चौकी तेस्रो भएका छन् ।
उत्कृष्ट स्वास्थ्य संस्थालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । जनस्वास्थ्य निरीक्षक तमलाल बेलवासेले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दल वहादुर रानाले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा १ देखि ६ नम्वर वडाका वडा अध्यक्ष तथा प्रतिनिधीहरु ,निमित्त प्रमुख प्रशासकिय अधिकुत जित वहादुर श्रेष्ठ,स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति थियो ।