गुरुकुलद्धारा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण
Wednesday, September 4th, 2024, 9:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ भदौ
सेभ द चिल्ड्रेन, समाजिक विकास मञ्च र गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाँकेको साझेदारीमा संचालीत घुम्ती कोष मार्फत बाल अनुदान कोष शैक्षिक सामग्री वितरण कार्यक्रम बुधबार सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा मंगलप्रसाद मावि लगायत विभिन्न विद्यालयबाट ९ जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक समाग्री, ड्रेस, झोला, पेन लगायतको १८०००÷– बराबरको सहयोग गरेको छ ।
……………..
कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेन बाट अतिथिको रुपमा आउनु भएकी फुलकुमारी चौधरीले यस्ता कार्यक्रम प्रत्यक वर्ष गर्दै आइरहेको र यस वर्षदेखी केही फरक ढंगले अर्थात यी बालबालीकालाई सहयोग गरिएको सामाग्री अपुग हुने भएकाले माध्यामिक तहसम्म प्रत्यक वर्ष सहयोग गर्दै जाने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका सभाध्यक्ष गुरुकुल सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप चौधरीले आर्थिक अवस्था कम्जोर भएका विद्यार्थी भाइबहिनीहरुलाइ सानो सहयोग भयपनी केही मात्रामा पठनपाठनकालागी टेवा पुगोस भन्ने यस कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो ।
………….
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिका वार्ड नं ८ का वडा सदस्य (कार्यवाहक अध्यक्ष) निखिल वैश्य रहनु भएको थियोे । अतिथी हरुमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर शाही, राष्ट्रिय सहकारी बैंकका प्रकाश थपलिया, समाजिक बिकास मञ्चका वृजेश ठाकुर, बचत तथा ऋण सहकारी संघकी हिरा खराल, गुडवील साकोसका सल्लाहकार सुरेन्द्र सिंह सरदार लगायतको उपस्तिथी थियो ।