प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्तको ९६औँ जन्मजयन्ती मनाइयो
Thursday, September 12th, 2024, 8:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ भदौ
बाँकेको नेपालगन्जमा लोकतन्त्रको सुदृढीकरणमा पत्रकारको भूमिका विषयक विचार गोष्ठी सम्पन्न गरिएको छ ।
नेपाल प्रेस युनियनका संस्थापक एवम् प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्तको ९६औँ जन्मजयन्तीको अवसरमा उक्त कार्यक्रम गरिएको हो । नेपाल प्रेस युनियन बाँके र स्व.पन्नालाल गुप्त प्रतिष्ठानको सहआयोजनामा कार्यक्रम गरिएको हो ।
विचार गोष्ठीमा आफ्नो विचार राख्दै पत्रकारहरुले स्व.चाचाजीले पत्रकारितामा अपनाएको बाटो सम्झदैँ अहिलेका पत्रकारहरुले पनि त्यहि बाटोलाई अवलम्वन गर्न सक्नुपर्ने बताए । त्यस्तै उपस्थित अग्रज पत्रकारहरुले अहिलेको अवस्थामा पत्रकारितामा स्वतन्त्रता प्राप्त भएको लोकतन्त्रले गर्दा नै भएको बताए । लोकतन्त्र र प्रेस स्वतन्त्रता जोडिएर आउने विषय भएको र लोकतन्त्र बिना प्रेसमा कुनै स्वतन्त्रता नहुँने कुरा उठेको थियो ।
पत्रकारहरुले सर्वप्रथम त आफ्नो आचरणमा सकारात्मक परिवर्तन ल्याई मर्यादित तरिकाले पत्रकारिता गर्न आवश्यक रहेको बताइएको थियो । यसरि लोकतन्त्र सुदृढीकरणमा पत्रकारको भुमिका त अहम रहेको छ तर पत्रकार आफु पनि लोकतन्त्रको मुल्य मान्यतामा बस्नुपर्ने कुरा उठेको थियो ।
कार्यक्रम नेपालगन्जमा रहेको महेन्द्र पुस्तकालयमा भएको थियो ।