‘सुपर ओभर’ मा नेपालको जित, नेपाललाई शृंखला
Sunday, October 20th, 2024, 9:53 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ कात्तिक
दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले ती खेलको शृंखला एकअघि अगावै जितेको छ । निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले तीन रनको लक्ष्य दियो । सोमपाल कामीले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका थिए । चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जम्मा ३ रनको लक्ष्य पायो ।
प्रत्युत्तरमा नेपालको लागि क्रिजमा कप्तान रोहितकुमार पौडेल र आरिफ शेख आएका थिए । आइतबार बिहान अमेरिकाको डालासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अमेरिकाले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो । अब, तेस्रो खेल सोमबार बिहान हुनेछ । यसअघि अमेरिकाको लागि आन्द्रेस गौसले ४३ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६२ रन बनाए । ओपनर साइटेजा मुक्कामल्लले ४१ बलमा ४७ रनको योगदान गरेका थिए । दुई खेलाडीबीच सतकीय साझेदारी भएको थियो ।
नेपालका करण केसीले सर्वाधिक तीन विकेट हात पारे । सोमपाल कामीको नाममा दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए ।
दोस्रो खेलमा नेपालका टस जितेर ब्याटिङ गरेको नेपालको लागि तेस्रो नम्बर क्रिजमा आएका कुशल भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ९२ रन बनाएका हुन् । ओपनर अनिल कुमार शाहले २५ तथा गुल्शन झाले १७ र कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गर ।
अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई विकेट लिए । सौरभ नेत्राभाल्करले एक विकेट हात पारेका थिए ।