कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदिप भट्टराई विजयी
Sunday, October 20th, 2024, 10:22 am
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, कात्तिक ४ गते
कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदिप भट्टराई विजयी हुनु भएको छ । शनिबार भएको निर्वाचनमा भट्टराईले नेतृत्व गरेको लोकतान्त्रिक व्यवसायी समुहका अधिकाश पदाधिकारी र सदस्यहरु विजयी हुनु भएको छ । प्रदिप भट्टराईले ७ सय ९५ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्धन्द्धी अञ्जना धितालले ६ सय ४६ मत पाउनु भएको थियो ।
संघको वरिष्ट उपाध्यक्षमा चण्डि प्रसाद गैरे, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुवेदी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दिपक बहादुर भण्डारी, उप–महासचिवमा राज कुमार पौडेल, कोषाध्यक्षमा भुमिराज कंडेल र सह–कोषाध्यक्षमा टंक प्रसाद खनाल विजयी हुनु भएको छ ।
गैरेले ७ सय ८४ मत, सुवेदीले ७ सय १६ मत, विष्टले ८ सय ४९ मत, भण्डारीले ८ सय ३५ मत, पौडेलले ७ सय ६५, कंडेलले ७ सय ४८ र खनालले ७ सय ७६ मत पाउनु भएको थियो ।
महिला सदस्यहरुमा ममता थापा, सीता गोगी अधिकारी विजयी हुनु भएको छ । यसैगरी खुला सदस्यहरुमा अंकित सिग्देल, ढक बहादुर थारु, अमृृत प्रसाद पौडेल, अशोक गौडेल, किरण कुमार विक, किरण प्रसाद श्रेष्ठ, गिरीधारी शर्मा सुवेदी, गौरव श्रेष्ठ, नोखराज रावत, श्रीधर घिमिरे र एशोसिएट सदस्यमा राजेन्द्र प्रसाद रिजाल विजयी हुनु भएको छ ।
१ हजार ६ सय ६८ मतदाता मध्ये १ हजार ४ सय ९५ अर्थात ८८.६८ प्रतिसतले मतदान गर्नु भएको थियो । १ सय ९२ जना मतदाताले निर्वाचनमा मताधिकारको प्रयोग गर्नु भएन् ।