अब केआइइसीको शाखा नेपालगन्जमा
Monday, October 21st, 2024, 9:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ कात्तिक
विदेश अध्ययन गर्न चाहने युवाहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको केआइइसीको नेपालगन्जमा शाखा खुलेको छ । लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ र केआईइसीका संस्थापक एवम् सिइओ राजेन्द्र प्रसाद रिजालले संयुक्त रुपमा रिबन काटेर शाखाको उद्घाटन गर्नु भएको छ ।
सोमबार नेपालगन्ज धम्बोझी स्थित उद्घाटन गरिएको केआईइसीको १४औं शाखा हो । १८ वर्ष देखि नेपालमा विभिन्न स्थानबाट केआईइसीले विद्यार्थीहरुका लागि गुणस्तीय तयारी कक्षा संचालन गर्दै आएको छ ।
नेपालगन्जमा खुलेको शाखामा पनि युरोप तथा अमेरिकाका विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि तयारी कक्षा संचालन गरिने केआईइसीका संस्थापक एवम् सिइओ राजेन्द्र प्रसाद रिजालले बताउनु भयो । नेपालगन्जमा खुलेको शाखामा सुवास थापा, सतिश केसी, सुरेन्द्र बुढाथोकी, बिक्रम चौधरीले व्यवस्थापकीय पक्षमा काम गर्ने बताइएको छ । उद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठले नेपालगन्जका विद्यार्थीले उच्च स्तरको पढाई अब नेपालगन्जमा पाउनु खुसीको कुरा भएको बताउनु भयो ।

……..
पश्चिम नेपालका विद्यार्थीलाई तयारी कक्षाको लागि काठमाडौं गएर पढनु पर्ने बाध्यता अब समाधान भएको केआईइसीका संस्थापक एवम् सिइओ राजेन्द्र प्रसाद रिजालले बताउनु भयो । यसले विद्यार्थीहरुलाई आर्थिक रुपमा भार पनि कम गर्ने रिजालले बताउनु भएको छ । उद्घाटन समारोहमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ सभापति एवम् नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय महासचिव पोषण केसी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फाका केन्द्रिय सदस्य भोजराज शाही, पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह लगायतको सहभागिता रहेको थियो ।

………….