नेशनल अर्थोपेडिक हस्पिटलको स्वास्थ्य शिविरमा २ सय जनाको निःशुल्क उपचार
Saturday, November 9th, 2024, 6:52 pm
Kalpristha
हाडजोर्नी, नशा, मेरुदण्ड तथा बाथरोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको नेपालगन्जको नेशनल अर्थोपेडिक हस्पिटलले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
नेपालगन्ज गणेशमान डिभिजन वन कार्यालय अगाडी रहेको भएको स्वास्थ्य शिविरमा २ सय भन्दा बढी बिरामीको चेकजाँच गरिएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा आउनु भएका बिरामीहरुको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सैयद सद्दाम र उहाँको टिमले चेकजाँच गरेर आवश्यक सेवा प्रदान गरेको थियो ।
शिविरमा आउनु भएका बिरामीहरुका हाडजोर्नी, नशा, मेरुदण्ड तथा बाथरोगको उपचार गरिएको नेशनल अर्थोपेडिक हस्पिटल इन्चार्ज प्रिन्सी मिश्राले बताउनु भयो । उहाँका अनुसार शिविरमा आएका बिरामीहरुलाई हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सैयद सद्दामले स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।

……..
स्वास्थ्य शिविरमा आउनु भएका बिरामीहरुको परीक्षण र उपचारमा नर्सिङ स्टाफ, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरे विभागका कर्मचारीहरुले पनि सहयोग गर्नु भएको थियो ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित रहेको हस्पिटलमा हाड जोनी सम्बन्धि विशेषज्ञ सेवाहरु उपलब्ध रहेको छ ।

……..