प्रदेश सरकारका कामलाई स्थापित गर्न प्रभावकारी सूचना प्रवाह आवश्यक : मन्त्री तिमिल्सिना
Monday, November 11th, 2024, 6:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २६ कात्तिक
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सरकारको कामलाई स्थापित गर्न प्रभावकारी सूचना प्रवाह जरुरी रहेको बताएका छन् । बागेश्वरी असल शासन क्लब (बास) ले सोमबार लमहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय एक दिने कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री तिमिल्सिनाले प्रदेश सरकारले गरेका कामहरुलाई जनतासम्म लग्दै जनताको विश्वासको सरकारका रुपमा विस्तापित गर्नुपर्ने बताएका हुन ।
सूचनाको हक कार्यान्वयनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सामाजिक विकास मन्त्री तिमिल्सिनाले सामाजिक विकृति र विसंगतिका विरुद्ध प्रभावकारी सूचना प्रवाह आवश्यक रहेको बताए । उनले प्रदेश सरकारका असल कामहरूको प्रचारप्रसारमा जोड दिँदै शैक्षिक क्षेत्रलाई बलियो बनाउँदा मात्र सबै खालका विकृति अन्त्य गर्न सकिने बताएका थिए । मन्त्री तिमिल्सिनाले नेपालगञ्जस्थित प्रदेश प्राविधिक विश्वविद्यालयलाई पूर्णरूपमा सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा केन्द्रित गरिने बताए ।
प्रभावकारी सूचना प्रवाहले मात्रै सुशासन कायम गर्न र भष्ट्राचार न्यूनिकरण गर्न भूमिका खेल्नेमा जोड दिइएको छ । बागेश्वरी असल शासन क्लव बासको आयोजनामा सोमवार लमहीमा भएको लुम्बिनी प्रदेशस्तरीय प्रभावकारी सूचना प्रवाह बिषयक एक दिवसीय कार्यक्रममा बोल्ने वक्ताहरुले सूचनाको हक कार्यान्वयनले सुशासन प्रवद्र्ध र भष्ट्राचार न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका हुने भएकाले हक कार्यान्वयनमा जोड दिएका हुन । सो अवसरमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सामाजिक विकृती र विसंगतिका विरुद्ध, भष्ट्राचार न्यूनिकरणका लागि प्रभावकारी सूचना प्रवाहमा ध्यान दिनुपर्ने बताए ।
प्रदेश सरकारले गरेका असल कामहरुको प्रचारप्रसारका लागि ध्यान दिनुपर्ने भनाई उनको भनाई थियो । शैक्षिक क्षेत्रलाई बलियो बनाउदा सबैखाले विकृती, विसंगतीको अन्त्य गर्न सकिने भएकाले सरकारले शिक्षाको गुणस्तर बढाउन ध्यान दिएको बताए । नेपालगञ्जमा रहेको प्रदेश प्राविधिक विश्व विद्यालयलाई पूर्णरुपमा सञ्चालन गर्दै दक्ष जनशक्ति उत्पादनमा केन्द्रित गर्नेगरी लाग्नुपर्ने बताए । नेतृत्वलाई विश्वास गरेर अघि बढ्नुपर्ने, प्रदेश सरकार प्रति भरोसा बढाउनुपर्ने, नागरिकमैत्री सेवालाई चुस्त बनाउनुपर्ने, अराजक गतिविधिलाई निरुत्साहित गर्न सबैको विचमा सहकार्य जरुरी रहेका मन्त्री तिमिल्सिनाको भनाई थियो ।
कार्यक्रममा पूर्व सामाजिक विकास मन्त्री रत्न खत्रीले जनताले बुझ्नेगरी सूचना प्रवाह गर्न जरुरी रहेको बताए । सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने, सञ्चार माध्यमलाई बलियो बनाउनुपर्ने, सूचना प्रवाहलाई चुस्त बनाउनुपर्ने बताएका हुन । सूचनाको हक कार्यान्वनलाई चुस्त बनाउनुपर्ने, स्वप्रकाशनका सूचनाहरुलाई सेवाग्राही सम्म पु¥याउनुपर्ने, सूचना अधिकारी र प्रवक्तालाई पूर्ण सूचना उपलब्ध हुनुपर्ने, सहज र सरल रुपमा सूचना प्रवाह गरिनुपर्ने बिषयमा सरोकारवाला पक्षको समेत ध्यानाकर्षण गराइएको छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थिले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले सूचनाको हक प्रयोग पत्रकारले मात्रै गर्ने नभई आम नागरिकले गर्न पाउने बारेमा जानकारी गराउन जरुरी रहेको बताएका थिए । प्रदेश सरकारले सूचनाको हक कार्यान्वयनका लागि १४ बुदे जारी निर्देशनले समेत प्राथमिकतामा राखेको, हरेक मन्त्रालय तथा कार्यालयमा सूचना अधिकारी तोकिएको, हरेक आयोजना सञ्चालन स्थलमा सूचना वोर्ड राख्ने गरिएको, सञ्चार ऐन संशोधन प्रक्रिया अघि बढेको समेत जानकारी गराएका थिए ।
कार्यक्रममा सामाजिक विकास समितिका सभापती यमबहादुर नेपाली, प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, गैर सरकारी संस्था महासंघका उमाकान्त पन्थलगायतले मन्तब्य ब्यक्त गर्दै प्रदेश सरकारले गरेका राम्रो कामहरुको प्रचारप्रसार गरेर जनतालाई प्रदेश सरकारको विश्वास दिलाउनुपर्नेमा जोड दिएका थिए । प्रदेश सरकारप्रति जनताको नकारात्मक धारना भएको भन्दै त्यसलाई हटाउनकालागि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका थिए । बास नेपालका अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाहले बिषय प्रवेश गराएका थिए । कार्यक्रमको सहजीकरण मन भण्डारीले गरेका थिउ ।