असुली विवादमा आएपछि धामपुर प्रहरी कार्यालयका सईसहित सबै प्रहरी तानिए
Friday, January 3rd, 2025, 7:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ पुस
बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धामपुर (बैजापुर) चौकीका इन्चार्ज इलाका प्रहरी कार्यालय कोहलपुर तानिएका छन् । विभिन्न विवादमा मुछिएपछि त्यहाका प्रहरी नायब निरीक्षक (सई) कमल थापालाई तानेर अर्का नयाँ इन्चार्ज पठाइएको छ ।
अवैध उत्खनन गर्ने गिरोहसँग साँठगाँठ असुली धन्दा गरेको समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी बाँकेले सई थापालाई तानेर अर्का सई बल बहादुर घर्तीलाई धामपुर प्रहरी चौकीको इन्चार्ज बनाएर पठाएको छ । स्थानीयदेखि जनप्रतिनिधिले समेतले अवैध उत्खननमा सई थापाको राम्रो मिलेमतो रहेको रहेको जनगुनासो आएपछि समाचार प्रकाशीत भएको थियो । जिल्ला प्रहरी बाँके प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की याक्सनमा आउँदै सई थापाको स्थानमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट घर्तीलाई शुक्रबार धामपुर पठाएका हुन् ।
इलाका प्रहरी कार्यालय धामपुरमा सई थापासहित त्यहा रहेका सबै प्रहरी कर्मचारीहरु पनि तानिएका छन् । उनीहरुको स्थानमा अरु प्रहरी कर्मचारीलाई पठाइएको छ । रातिराति राप्ती नदीमा अवैध उत्खनन गर्ने गिरोहसँग विवादित सई थापाले राम्रो मिलेमतोका कारण अवैध असुली गर्दै आएको जनप्रतिनिधिहरुले समेत आक्रोश पोख्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नयाँ इन्चार्ज पठाएपछि राप्ती सोनारी–४ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष) ले लेखेका छन् –“ इलाका प्रहरी कार्यालय धामपुरको इन्चार्ज बल बहादुर घर्तीमगरलाई स्वागत छ । कार्यकाल निष्पक्ष र सुशासन सहितको होस्, शुभकामना छ ।