वनप्लस नोर्ड नेपाली बजारमा चाँडै उपलब्ध हुने
Monday, August 24th, 2020, 3:55 pm
amit
काठमाण्डौ, ८ भदौ । वनप्लसको मिडरेन्ज स्मार्टफोनका रुपमा रिलीज भएको वनप्लस नोर्ड नेपाली बजारमा आउने भएको छ । नेपालका लागि आधिकारीक वितरक रहेको आइहबले नोर्डलाई वेबसाइटमा सूचीकृत गरिसकेको छ ।
वनप्लसले दक्षिण एसियाली बजारलाई आधार बनाएर ल्याएको यो बजेट सेगमेन्टको फोनमा फ्ल्यागसिपका जस्तै फिचर्सहरु हुने कम्पनीले बताएको छ।
यसैगरी हार्डवेयर तथा फिचर्सको मामलामा राम्रो मानिएको यो चिनियाँ ब्रान्ड सुरुमा फ्ल्यागसिपमा मात्रै बजारमा आइरेहको थियो ।
यो फोन एन्ड्रोइड टेनमा आधारित अक्सिजन अपरेटिङ सिस्टमा छ भने चिप क्वालकमको स्न्यापड्र्यागन ७६५ प्रयोग गरिएको छ ।
यो फोनमा ४८ मेगापिक्सेलको सोनीको सेन्सर भएको सोनी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स, ५ मेगापिक्सेलको डेप्थ लेन्स र २ मेगापिक्सेलको माइक्रो लेन्स छ । जसले गर्दा यसबाट माइक्रो फोटोग्राफी सहज हुनुका साथै यसबाट फोरके भिडिओ खिच्न सकिने बताइएको छ ।
यो मोबाइलमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ भने सेल्फीकै लागि अल्ट्रावाइड लेन्स पनि रहेको छ ।
८ जीबी र्याम र १२८ जीबी मेमोरी हुने यसमा ब्याट्रीको क्षमताको भने ४१०० एमएच रहेको छ ।
वनप्लसका पछिल्ला फ्ल्यागसिप स्मार्टफोनको तुलनामा यसलाई बजेटफोनका रुपमा राखिएपनि नेपाली बजारमा भने यसको मूल्य ५३ हजार ९९९ रुपैयाँ रहेको छ ।
यो मिडरेन्जको स्मार्टफोन नेपालमा छिट्टै उपलब्ध हुने जानकारी दिइएको छ।