पाठेघरको मुखको क्यान्सर सम्बन्धि अभिमुखीकरण सम्पन्न
Tuesday, January 7th, 2025, 7:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, २३ पुस
मेल्विन जोन्सको १ सय ४६औं जन्मोत्सव अवसरमा गरिएको साताव्यापी कार्यक्रम अन्तर्गत मंगलबार लायन्स क्लब अफ नेपालगन्ज भेरीले पाठेघरको मुखको क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपालगन्जको महेन्द्र माध्यमिक विद्यालयका किशोर–किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर सम्बन्धि अभिमुखीकरण गरिएको थियो ।
लायन्स क्लब अफ नेपालगन्ज भेरी अध्यक्ष डा.फरहत बानुको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका सिनियर लिडर मुक्ति ढकाल, मधुसुदन शर्मा, शेमशाक्य, शुष्मा महर्जन र लायन्सका अन्य लिडरहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई पाठेघरको क्यान्सर विशेषज्ञ डा.इन्द्रनिल घोष र डा. फरहत बानुले महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोगको बारेमा अभिमुखिकरण गर्नु भएको थियो ।
……….
मेल्विन जोन्सको १ सय ४६औं जन्मोत्सव अवसरमा लायन्स क्लब अफ नेपालगन्ज भेरीले साताव्यापी रुपमा सामाजिक कार्य गर्दै आएको छ । लायन्स क्लब अफ नेपालगन्ज भेरीले वर्ष भरी विभिन्न सामाजिक कार्य गर्दै आएको छ । लायन्स क्लब अफ नेपालगन्ज भेरी अध्यक्ष डा. बानुको नेतृत्वमा वर्षभरी स्वास्थ्य शिविर, जनचेतना मुलुक कार्यक्रम र सामाजिक कार्य गर्दै आएको छ ।