सिद्धार्थ कटेले दोस्रो मःम फेस्टिवल गर्ने
Tuesday, January 7th, 2025, 8:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, २३ पुस
नेपालगन्जको सिद्धार्थ कटेजले दोस्रो मःम फेस्टिवल गर्ने भएको छ । सिद्धार्थ कटेजले पुसको २५ देखि २७ गते सम्म मःम फेस्टिवल गर्ने भएको हो । मःम फेस्टिवलको अवसरमा प्रत्येक दिन कलाकारहरुले विभिन्न प्रस्तुती दिनेछन् ।
फेस्टिवलको पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिदैं मोहिनी पौडेल सहितको टिमले नृत्य प्रस्तुत गर्नेछ । फेस्टिवलको दोस्रो दिन नेपालगञ्जकै स्थानीय ब्याण्ड द समय ब्याण्डसँगै मःम पकाउने प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।
मःम बनाउने प्रतियोगितामा निःशुल्क रुपमा सहभागिता जनाउन सकिनेछ । मःम फेस्टिवलको अन्तिम दिन पशुपति शर्मासँगै स्थानीय कलाकारहरुको लाइभ दोहोरी, नृत्य र कम्युनिटी कुकिङ प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।
सिद्धार्थ कटेजले मःम संस्कृतिको विकास गर्ने उद्देश्यले गत वर्ष देखि नेपालगन्जमा फेस्टिवलको आयोजा गर्दै आएको छ । सिद्धार्थ कटेज नेपालगन्जका अपरेर्सन म्यानेजर पदम न्यौपानेले स्थानीय मौलिक स्वादलाई संरक्षण गर्नको लागि मःम फेस्टिवलको आयोजना गरिरहेको बताउनु भयो । फेस्टिवलमा ४० प्रकारका मःम बनाउने तयारी भएको फुड क्युरेटर सन्दिप खत्री ‘पार्क मर्हषी’ले बताउनु भयो ।