स्पार्टन र नेपालगन्ज १३ बिजयी
Wednesday, January 29th, 2025, 8:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ माघ
नेपालगञ्जमा जारी मेयर तथा उपमेयर कप टि–२० क्रिकेट प्रतियोगितामा बुधबार भएको दुई छुट्टा छुट्टै खेलमा स्पार्टन र नेपालगन्ज १३ बिजयी भएको छ । मंगल प्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा स्पार्टनले मंगल माविकै टिमलाई पराजित गरेको हो ।
दोस्रो खेलमा नेपालगन्ज १३ ले महेन्द्र माध्यमिक विद्यालयको टिमलाई पराजित गरेको छ । पहिलो खेलमा स्पार्टनले मंगललाई ३७ रनले र दोस्रो खेलमा नेपालगन्ज १३ ले सुपर ओभरमा महेन्द्रलाई पराजित गरेको हो ।
मंगल माबिले १ सय १९ रन बनाउन सफल भएको थियो । उसले १७ ओभर ५ बलमा १० विकेट गुमाएर समेटिएको थियो भने स्पार्टनले पुरै २० ओभर खेलेर १ सय ५६ रन बनाउन सफल भयो । उसले ४ विकेटको नोक्सानीमा मंगललाई हराएको थियो ।
पहिलो खेलमा स्पार्टनका वसिम शेष म्यान अफ द म्याच हुन सफल हुनुभयो । शेषले ४ ओभरमा ४ विकेट लिनुभएको थियो । यस्तै अर्को खेलमा महेन्द्रले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।
नेपालगन्ज १३ ले पुरै ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन बनापछि खेल सुपर ओभरमार्फत नेपालगन्ज १३ ले जित हासिल गरेको थियो । खेलमा नेपालगन्जका प्रताप शर्मा म्यान अफ द म्याच हुन सफल हुनुभयो ।
प्रतियोगिता पुरुषतर्फको खेल नकआउटको आधारमा र महिलाहरुको खेल लिगकम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक सुनिल सिंह हमालले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष तर्फको विजेताले ७५ हजार, उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछ । महिलातर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पुरुष र महिला तर्फको म्यान अफ द सिरिजले जनही ५ हजार रुपैयाँ पाउनेछ ।