मेयर कप क्रिकेटमा १३ नम्बर १ रनले विजयी
Wednesday, February 5th, 2025, 7:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ माघ
नेपालगन्जमा जारी मेयर कप क्रिकेटमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १३ ले १ रनको सनसनीपुर्ण जित हासिल गरेको छ ।
मंगलप्रसाद माविको खेल मैदानमा वडा नम्बर १३ ले मोर्डन पब्लिक स्कुललाई १ रनले हराएको हो ।
टस जितेर ब्याटिङ गरेको १३ नम्बर वडाले १६ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ३८ रन बनाएको थियो ।
टोलीको लागि प्रताव शर्माले सर्वाधिक ३९ रन, अजय केवटले २० रन, गुडडु केवटले १८ रन बनाउनु भएको थियो ।
मोर्डनका वलर शुसासन भारतीले सर्वाधिक ४ विकेट, युगिन पोखरेल र बिष्णु कहरले २–२ विकेट लिनु भयो ।
जवाफमा मोर्डनले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ३७ रन मात्र बनाउन सक्यो । मोर्डनका लागि दिपक भण्डारीले सर्वाधिक २९ रन, एलोन खड्काले १८ रन र असाद शेखले १७ रन बनाउनु भएको थियो ।
वलिङ तर्फ १३ नम्बर वडाका वलर अजय केवट, सोनु केवटले २–२ विकेट लिनु भयो । खेलमा १३ नम्बर वडाका प्रताव शर्मा प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो ।
बाँके जिल्ला क्रिकेट संघको आयोजनामा भैरहेको प्रतियोगितामा पुरुष तर्फ २५ र महिला तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार, उपविजेताले ३५ हजार पाउनेछ । यसैगरी महिला तर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार पाउनेछ ।