अटोटेम्पो तथा ई–रिक्सा संघको पदभार ग्रहण कार्यक्रम सम्पन्न
Wednesday, April 16th, 2025, 9:37 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, बैशाख ३ गते
अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । अटोटेम्पो तथा ई–रिक्सा चालक तथा लगानीकर्ताहरुको हकहित र व्यवसायको प्रवद्र्धन गर्ने लक्ष्य सहित संघको गठन भएको थियो ।
ई–रिक्सा व्यवसायी धिरज प्रताव सिंहको अध्यक्षतामा गठन भएको कार्यसमितिलाई निर्वाचन संयोजक अधिवक्ता नरेन्द्र योगीले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो । संघको प्रथम साधारण सभा तथा अधिवेशनले सिंहसहितको १५ जनाको कार्यसमितिलाई निर्विरोध चयन गरेको थियो । सिंह अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघको तदर्थ समितिको पनि अध्यक्ष हुन् ।
संघको उपाध्यक्षमा सहादत अली साई, महासचिवमा कुमार सिंह ठकुरी, उप–महासचिवमा एजाज बाबु जोलाहा, सचिवमा निजाम अली इद्रिसी र कोषाध्यक्षमा मनोजकुमार खटिक निर्विरोध चयन भएका थिए ।
संघको सदस्यहरुमा मक्सुद जसगढ, शिवराज सिंह ठकुरी, अख्तर अली हलवाई, इन्द्र सिंह ठकुरी, रेश्मा चौधरी (थारु), मुबारक अली साई, अब्दुल कादिर खाँ, रेखा नेपाली र दुर्गा मल्ल निर्विरोध चयन भएका थिए ।
अध्यक्ष सिंहले संघले छोटो समयमा राम्रो काम गर्न सफल भएको बताउँदै आफ्नो कार्यकालभित्र अटोटेम्पो तथा ई–रिक्सालाई कसरी व्यवस्थापन गर्ने, चालकहरुको सुरक्षा तथा ट्राफिक नियमका बारेमा संघले योजना बनाएर काम गर्ने बताउनुभयो ।