अन्जनाले डेब्यु गरेको खेलमा एपिएफको सहज जित
Monday, April 21st, 2025, 8:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ वैशाख
विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार बाँकेको नेपालगन्ज रंगशालामा भएको खेलमा एपिएफले कर्णाली प्रदेश प्रदेश फुटबल संघलाई ६–० ले हरायो ।
एपिएफको जितमा रेनुका नगरकोटे, गीता राना, रश्मीकुमारी घिसिङ र अनिता केसीले गोल गर्नु भयो । कर्णालीकी टिका रावतले दुई आत्माघाति गोल गर्नु भयो । खेलमा रेनुका नगरकोटेले प्लेयर अफ दि म्याच घोषित घोषि हुँदै ५ हजार प्राप्त गर्नु भयो । भगवती थापाको प्रशिक्षणमा रहेको एपिएफ प्रतियोगिताको उपाधि दाबेदार टिम हो ।
प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । एपिएफ यस सिजनको चौथो उपाधि जित्ने अभियानमा छ । टोलीले राष्ट्रिय लिगसहित इलाम र चितवनमा भएको प्रतियोगिताको उपाधि जितेको थियो । तीनै उपाधि जित्दा प्रशिक्षकमा जीवेशकुमार पाण्डे हुनुहुन्थ्यो ।
कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो । गोलकिपर अञ्जना राना मगरले भने एपिएफको लागि डेब्यु गर्नु भयो । विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपिएफमा अनुबन्ध भएकी अञ्जनाको यो पहिलो खेल हो । दोस्रो हाफमा अञ्जनाको स्थान सावित्री किशनले लिनु भएको थियो ।
खेलको पहिलो गोल भने आत्माघाति रह्यो । कर्णालीकी टिना रावतले आफ्नै पोष्टमा गोल गर्नु भएको थियो । यसअघि सविता राना मगरको प्रहार टिनालाई लाग्दै गोल भएको थियो । दोस्रो गोल राष्ट्रिय टिमकी मिडफिल्डर रेनुकाले गोल गर्नु भयो । उहाँले ३५औं मिनेटमा गोल गर्दै टोलीको अग्रता २–० को बनाउनु भएको थियो । राष्ट्रिय टोलीकी अर्की खेलाडी अनिताले दुई मिनेटपछि नै तेस्रो गोल गर्नु भयो ।
एपिएफले कर्णालीविरुद्ध पहिलो हाफमा मात्र तीन गोल गरेको थियो । कर्णालीकी गोलकिपर लिला जोशीले सानदार प्रदर्शन गरेपछि एपिएफले गोलअन्तर बढाउन सकेन । नेपालको यु-१६ र यु-१९ टिमबाट खेलेकी लिलाले लगातार एपिएफको प्रहार रोक्नु भएको थियो ।

……….
खेलको ४६औं मिनेटमा एपिएफले चौथो गोल गरेको थियो । अनिता बस्नेतको पासमा गीता रानाले हेडर गोल गर्नु भयो । एक मिनेटपछि नै रश्मीकुमारीले टोलीलाई ५–० को अग्रता दिलाउनु भयो । ५५औं मिनेटमा सविता राना मगरको प्रहार टिनालाई लाग्दै गोल हुँदा एपिएफले छैटौं गोल गरेको हो ।
पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । आयोजक बाँकेसँगै सुदूरपश्चिम प्रदेश र भारतको सिलिगुरी एफसी बाहिरिएका छन् ।
हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ । सोमबारको खेलसँगैं प्रतियोगिताको सेमिफाइनल समिरकण पूरा भएको छ । अब पहिलो सेमिफाइनलमा मंगलबार विभागीय टोलीहरु नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । १० वैशाखमा हुने दोस्रो सेमिफाइनलमा एपिएफ र रौतहटबीच प्रतिस्पर्धा हुनेछ । अब, रौतहटले फाइनल प्रवेशको लागि वैशाख १० गते विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबसँग खेल्नेछ । एपिएफले सोमबार कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।