रुसले कोरोनाको भ्याक्सिन पछि बनायो हावामा नै कोरोना पत्ता लगाउने उपकरण
Sunday, August 30th, 2020, 1:41 pm
amit
एजेन्सी, १४ भदौ । रुसले कोरोना विरुद्धको २ वटा भ्याक्सिन बनाएको दाबी गरेसंगै अब हावामा नै कोेरोनाभाइरस, ब्याक्टेरिया, विषाक्त पदार्थ र भाइरसबाट हुने रोग पत्ता लगाउन सक्ने एक उपकरणको पनि निर्माण गरेको छ।
रुसले विकसित गरेको उक्त उपकरणले हावामा रहेका प्याथोजिनहरू पत्ता लगाउनुका साथै केही सेकेन्डभित्रै सम्भावित खतराको सूचना दिन्छ र त्यसको स्रोतलाई इंगित गर्छ।
केएमजी कारखानाले बनाएको सो उपकरण शुक्रवार मस्को नजिक प्रदर्शन गरिएको हो भने सो उपकरणको नाम केमिस्ट्री बायो रहेको छ।
त्यो उपकरण बनाउने टोल मस्कोमा गामालेया इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीमा पनि संलग्न छ । उक्त संस्थाले नै संसारको पहिलो कोरोना खोप बनाएको दाबी गरेको छ।
फ्रिज जस्तै देखिने यो उपकरणमा अनेकौं पत्रहरू हुन्छन् र प्रत्येक पत्रले आफ्नो परीक्षण आफैं गर्छ । साथै साना प्रयोगशालाहरूको अनेकौं पत्र भएको यस उपकरणमार्फत हावामा कोरोना र अन्य किसिमका भाइरस पत्ता लगाउन सकिन्छ।
यस उपकरणले पहिलो चरणमा वरपरको हावाको नमूना एकत्रित गर्छ र १० देखि १५ सेकेन्डभित्र भाइरस, ब्याक्टेरिया वा विषाणुको कुनै पनि निशानका विषयमा सचेत बनाउँछ।
पहिलो चरणमा आरम्भिक स्तरमा विशिष्ट रोगजनक कारण पत्ता नलाग्ने भएकाले दोस्रो चरणमा यसले संकलन गरिएको हावाको नमूनालाई पुनः विस्तृत विश्लेषण गर्छ र कुनै सूक्ष्म जीव छ भनी विश्लेषण गर्छ । यसका लागि एकदेखि दुई घन्टा लाग्छ।
यो उपकरणलाई भीडभाड हुने सार्वजनिक स्थानमा लगेर त्यहाँको हावामा कोरोना छ कि छैन भनी पत्ता लगाउन उपयोग गरिनेछ।