गाडीबाट खस्दा घाइते बालेन समर्थक अस्पताल भर्ना
Tuesday, January 27th, 2026, 7:58 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ माघ
काठमाण्डौं महानागरका मेयर पद छाडेर राजनीतिमा सक्रिय बनेका बालेन साह देश दौडाहका क्रममा सोमबार नेपालगन्ज आउनुभयो । बालेनको स्वागतका लागि समर्थक बिहानै बिमानस्थल पुगे । तर मौसम प्रतिकूलताका कारण बिहान ८ बजे नेपालगन्ज आइपुग्ने विमान ३ घण्टा बढी ढिलो दिउँसो करिब २ बजेतिर नेपालगन्ज आइपुग्यो । बालेनलाई नेपालगन्जमा स्वागत गर्ने भनेर रास्वपाका उम्मेदवार तथा नेताहरु मात्र पुगेको विमानस्थलमा दिउँसोसम्म हजारौंको संख्यामा समर्थक पुगे । बालेनको सुरक्षा तथा कुनै अप्रिय हुन नदिन बाँके प्रहरीले विमानस्थलमा बाक्लो उपस्थिति जनायो । टर्मिनल भवन बाहिर बालेन निस्किनेवित्तिकै समर्थकबीच धकेला धकेल हुँदा बालेन पछी रहेको गाडीबाट समर्थक खस्दा पाँच जना घाइते भएका छन् ।
गाडी अगाडी बढ्ने वित्तिकै सवार समर्थकहरु एक हुल भुइँमा लोटिएका थिए । प्रहरीका अनुसार उनीहरुलाई चोटपटक लागेको छ । तर सोमबार नेपालगन्जमा बालेप्रति देखिएको बलिउ कलाकारले समेत नपाउने भन्दा बढी देखियो । विमानस्थल राँझाबाट नेपालगन्ज कारकाँदोमा रहेको सचिवालयसम्म समर्थक उत्साहपुर्वक सहभागि भएका थिए । समर्थकको भीड धेरै भएकाले बाँकेको अन्य कार्यक्रम स्थगित गरेर शाह गन्तब्यमा लाग्नुभएको थियो । बालेन सोमबार नेपालगन्ज आएर रास्वपाको सचिवालय उद्घाटन गर्ने तथा नेपालगन्जको सदरलाईनलगायत स्थानको परिक्रमा गर्ने कार्यक्रम तय गरिएको थियो । तर असुरक्षाका कारण सबै स्थगित गरिएको रास्वपाका एक नेताले बताए ।
असुरक्षाको कारण देखाउँदै बाँकेको कोहलपुरमा कार्यकर्तासंगको भेटघाट पनि स्थगित गरिएको रास्वपाका नेपालगन्ज नगर गुनासो विभाग प्रमुख हिरालाल प्रसाईले बताउनुभयो । नेपालगन्ज परिक्रमासंगै बागेश्वरी मन्दिरको दर्शन गर्ने कार्यक्रमसमेत रहेको थियो तर सबै स्थगित गरेर बाँसगढीमा रहेको कार्यक्रममा सहभागि हुन लाग्नुभएको छ ।
बालेन समर्थक अस्पताल भर्ना
सोमबार नेपालगन्ज विमानस्थलमा बालेन समर्थक सवार गाडीबाट खसेर घाइते भएका एक जनालाई अस्पताल भर्ना गरिएको छ । सोमबार दिउँसो नेपालगन्ज आएका बालेनको स्वागत गर्न विमानस्थल पुगेका समर्थकहरु चडेको गाडीबाट घसेर करिब पाँच जना घाइते भएका थिए । त्यसमध्ये एक जना अस्पताल भर्ना भएका छन् । अन्यलाई सामान्य चोटपटक लागेको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार राँझाका वीर सिंह ऐर अस्पताल भर्ना हुनुभएको हो । उहाँलाई टाउकोमा चोट लागेको थियो । नेपालगन्जको कारकाँदोमा रहेको केयर सिटी हस्पिटलमा ऐरको उपचार भइरहेको पातलीले जानकारी दिनुभयो ।