रुपन्देहीमा शुक्रबार बिहान थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु
Friday, September 4th, 2020, 12:51 pm
amit
बुटवल, १९ भदौ । रुपन्देहीमा शुक्रबार बिहान थप तीन जनाको कोरोना संक्रमणका कारण भएको छ।
मृत्यु हुनेमा दुई जना सिद्धार्थनगर नगरपालिकाका र एक जना बुटवल उपमहानगरपालिकाका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीमध्ये दुई जनाको बुटवलमा र एकजनाको भैरहवास्थित घरमै मृत्यु भएकोे हो।
बुटवल उपमहानगरपालिका १० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै सिद्धार्थनगर ८ का ४५ वर्षीय पुरुषको पनि शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ। कोरोना संक्रमण सँगै मिर्गौलाका बिरामी उनको शुक्रबार बिहान घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताएका छन्।
यसैगरी बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत बुटवल ८ मिलन चोक निवासी ७८ वर्षीय पुरुषको शुक्रबार बिहान ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ।
यो सँगै रुपन्देहीमा शुक्रबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।