राप्तीसोनारीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न
Wednesday, April 1st, 2026, 7:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ चैत
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बाँकेको राप्ती सोनारीमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । रक्तदानमा १ सय ८५ पिन्ट रगत संकलन भएको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजना र राप्तीसोनारी सहकारी समन्वय समितिको समन्वयमा रक्तदान कार्यक्रम भएको थियो ।
राप्ती सोनारी गाउँपालिकामा क्रियाशिल २० वटा सहकारीको सहकार्यमा करिब ४ सय जनाको सहभागितामा रक्तदान कार्यक्रम भएको राप्तीसोनारी सहकारी समन्वय समिति अध्यक्ष जमानसिंह ओलीले बताउनु भयो ।
राप्ती सोनारी गाउँपालिका कार्यवहाक अध्यक्ष मनिषा सिंह थारुको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष ओलीले गर्नु भएको थियो । आगामी चैत २० गते उद्यमशिलता पारदर्शीता सहकारीको प्राथमिकता भन्ने नाराका साथ ६९औं राष्ट्रिय सहकारी दिवस मनाईदैछ । दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो ।

……..
बाँके राप्तीसोनारी क्षेत्रका सहकारीलाई सक्रिय बनाउनको लागि गत फागुन महिनामा ओलीको अध्यक्षतामा १३ सदस्यीय राप्तीसोनारी सहकारी समन्वय समिति पुर्नगठन गरिएको थियो । समितिले त्यसयता विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।