सामाजिक सञ्जालमा दाहाको फोटो राखेको निहुमा जनकपुरमा स्थानीयवासीबीच झडप, सर्वपक्षीय बैठक बस्दै
Saturday, September 12th, 2020, 2:24 pm
amit
जनकपुर, २७ भदौ । जनकपुरमा एक स्थानिय युवकले सामाजिक सञ्जालमा मोहर्रमका लागि निर्माण गरिएको दाहा (झण्डा जस्तो देखिने प्रतिमा) को तस्विर सेयर गरेपछि स्थानीयवासीहरु एक अर्काप्रति आक्रोशित हुँदै तोडफोडमा उत्रेपछि झडपको रुप लिएको छ।
सोही दाहाको तस्विर सामाजिक सञ्जालमा राखेपछि मुस्लिम समुदायले हाम्रो धर्म संस्कृतिको तस्विर गैरमुस्लिम समुदायले किन राखेको भन्दै आक्रोशित हुँदै गएपछि विवादले उग्ररुप लिएको थियो।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा एक हिन्दु युवाले मुस्लिमले मोहर्रमका लागि बनाइएको दाहाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि मुस्लिम समुदायले हाम्रो धर्म संस्कृतिको तस्विर गैरमुस्लिम समुदायले किन राखेको भन्दै आक्रोशित हुँदै गएपछि विवादले उग्ररुप लिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सो विवादमा शनिबार दुवै पक्ष झडप हुनुका साथै दुवैबीच केहीबेर पत्थरबाजी समेत भएको थियो भने सो झडप नियन्त्रणमा आइसकेको र विवाद समाधानका लागि वार्ता भइरहेको छ।
भीडलाई नियन्त्रणमा लिनका लागि प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको टोलीका साथै सशस्त्र प्रहरीको टोली समेत परिचालन गरिएको छ।
प्रहरीले सो झडपलाई नियन्त्रणमा लिनका लागि झण्डै एक दर्जन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो भने प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले भने ४ राउण्ड मात्रैअश्रु ग्यास प्रहार गरिएको बताएका छन्।
यता मोहर्रमका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समूहले त्यहीँ रहेको एक पसलमा तोडफोड गरेका छन्।
यद्यपि दाहामा आगो लगाइए नलगाइएको विषयमा प्रहरीले पुष्टि गरेको छैन।