सन् २०२०/२१ को इंग्लिस प्रिमियर लिग आज सुरु हुँदै
Saturday, September 12th, 2020, 5:13 pm
amit
एजेन्सी, २७ भदौ । आज (शनिबार) बाट विश्व फुटबलको चर्चित फुटबल मध्येको इंग्लिस प्रिमियर लिग सन् २०२०/२१ सिजनका सुरु हुँदैछ । सिजनको उद्घाटन खेल फुलह्यामको मैदानमा फुलह्याम र आर्सनलबीच नेपाली समय अनुसार सवा ५ बजे हुनेछ।
कोरोना महामारीका कारण प्रभावित गत सिजनको लिग जुलाईको अन्यमा सकिएको थियो।
२० टोलीको सहभागिता रहने लिगमा यसपटक लिग उपाधि विजेता को बन्लान् भन्ने प्रश्नसंगै आजबाट लिग सुरु हुदैँछ। लिगको २८ सिजनमा ८ टोलीले मात्र लगातार उपाधि रक्षा गरेको इतिहास छ।
प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सका अनुसार दमदार सुरुवातको अपेक्षा गरिएको छ भने फेरि पनि लिग प्रतिस्पर्धात्क बन्नेछ र इतिहास हेर्दा पनि लगातार उपाधि जित्न कठिन देखिन्छ।
लिभरपुल, सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी जस्ता टोली लिगका सदाबहार दाबेदार मानिन्छन्।
लेस्टर सिटीले फेरि पनि शीर्ष चार भित्र पर्न सक्छ कि सक्दैन भन्नेमा पनि धेरैका चासो हुने गर्छ । जोसे माउरिन्होले टोटेनह्यमलाई च्याम्पियन्स लिगमा टोलीलाई छनोट गराउन सक्लान् । आर्सनलको प्रदर्शन कस्तो रहँला त्यतिकै उत्साहजनक विषय हुनेछ।
प्रिमियर लिगमा शनिबारका खेल
फुलह्यामविरुद्ध आर्सनल साँझ – ५ः१५ बजे
बर्नलीविरुद्ध म्यानचेस्टर युनाइटेड – स्थगित
क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्टन – साँझ ७ः४५ बजे
म्यानचेस्टर सिटीविरुद्ध एस्टन भिल्ला – स्थगित
लिभरपुलविरुद्ध लिड्स युनाइटेड – राती १०ः१५ बजे