असार २७ गते कोहलपुरमा हुदैंछ वन ग्लोबल माईल
Thursday, April 23rd, 2026, 6:05 am
Kalpristha
गणेश राई
नेपालगन्ज, १० वैशाख
वन ग्लोबल माइल अन्तर्गत असार २७ गते -जुलाई ११)मा नेपालमा कोहलपुर माइल हुने भएको छ । हरेक बर्ष जुलाई ११ मा हुने वन ग्लोबल माइल विश्वभर रनिङ संस्कृति प्रवद्र्धन गर्ने महाअभियान हो ।
‘एक माइल, एक दिन, एक विश्वÚ नारासहित यश बर्ष दर्जन बढी देशमा एकैपटक एक माइल -१.६०९किलोमिटर) दौड हुन लागेको हो । यो हरेक बर्ष जुलाई ११ मा हुनेछ । यसअन्तर्गत नेपालमा कोहलपुर माइल दौड हुन लागेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । डेढ किलोमिटरको रोड रेस भएकोले सबै उमेर समुहलाई सहभागितामा सहज हुनेछ ।
रेस नेपालको आयोजनामा हुने यश दौडको व्यवस्थापन नेपालगन्ज म्याराथन टिमले गर्नेछ ।
अमेरिकाको न्युयोर्कस्थित ह्युडसन माइल बिस्तार हुनेक्रममा वन ग्लोबल माइल बनेको हो । वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस-एम्स)ले आधिकारिक प्रवद्र्धन गरेको वन ग्लोबल माइल विश्वव्यापी गराउन ह्युड्सन माइलका सह–संस्थापक एवं रन बंग्लाका सिईओ जोन बोका र एम्स दुत एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीको विशेष भुमिका रहेको रेस डाइरेक्टर गुरुङले बताए ।
कोहलपुर माइल पनि नेपालगन्ज म्याराथन सिरिज अन्तर्गत रहनेछ । यसमा यसअघि नै नेपालगन्ज १० म्युजिक नाइट रन, काठमाडौं २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन लगायत दौड प्रतियोगिता सञ्चालनमा रहेका छन् । वन ग्लोबल माइलमा सहभागी हुन एम्सको आवद्धता अपरिहार्य रहेको एम्स दुत टीएस ठकुरीले बताए ।