योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्रीमा मनोनित
Wednesday, September 16th, 2020, 11:44 am
amit
एजेन्सी, ३१ भदौ । योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री पदमा मनोनित भएका छन्।
बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) का नेता सुगाले खसेको ४६२ मध्ये ३१४ मत प्राप्त गर्दै जापानका नयाँ प्रधानमन्त्री बनेका छन्।
पूर्वप्रधानमन्त्री सिन्जो आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिएपछि रिक्त रहेको प्रधानमन्त्री पदका लागि बफादार सहकर्मीका रूपमा काम गरेका सुगालाई बुधबार नयाँ प्रधानमन्त्रीको रुपमा मनोनित गरिएको हो।
सोमबार भएको सत्तारूढ नेतृत्वको चुनावमा सुगा भारी मतले विजयी भएका थिए भने यसअघि प्रमुख क्याबिनेट सेक्रेटरी भएर काम गरेका सुगालाई प्रधानमन्त्री हुने बाटो खुलेको हो।
७१ वर्षीय सुगाले आबेको विदेश र अर्थ नीतिलाई निरन्तरता दिने बताएका छन् र उनले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद सम्हाल्ने छन्।
सुगाले पार्टीको चुनाव जितेपछि पूर्व प्रधानमन्त्री आबेलाई धन्यवाद व्यक्त गरेका थिए।
उनले भनेका छन्, ‘म अकिताका एक किसानको जेठो छोराको रूपमा जन्मिएको थिएँ, कुनै ज्ञान वा रगतको नाता नहुँदै, मैले राजनीतिको विश्वमा शून्यबाट प्रवेश गरें र परम्परा र इतिहासका साथ म एलडिपीको प्रमुख बन्न सक्षम भए।’