छात्रा फुटबलमा मनकामना र युनाइटेडको जित
Thursday, June 18th, 2026, 10:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असार
बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु–१८) छात्र–छात्रा फुटबल प्रतियोगिता अन्तर्गत छात्रा तर्फको खेलमा मनकामना स्कुल नेपालगन्ज र युनाइटेड एजुकेशनल एकेडेमीले जित हासिल गरेको छन् । छात्रको पहिलो खेलमा मनकामना मावि नेपालगन्जले योगिनी मावि खजुरालाई १–० ले पराजित ग¥यो । मनकामनाको लागि अनुष्का तिमिल्सिनाले सुरुआती १ मिनेटमै गोल गर्नु भयो । खेलमा प्लेयर अफ द म्याच घोषित अनुष्कालाई पुर्व राष्ट्रिय फुटबल खेलाडी भक्त रानाले पुरस्कृत गर्नु भएको थियो ।
छात्रा तर्फको अर्को खेलमा युनाइटेडले ज्ञानोदय मावि खजुरालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ । पेनाल्टीमा युनाइटेडको लागि पुष्पा आलेमगर, सोनम भुजेल, एन्जल बुढाथोकी र पं्रशसा विसीले गोल गर्नु भयो भने ज्ञानोदयको तर्फबाट आकृती कंडेल र मिता कामीले मात्र गोल गर्नु भयो । उक्त खेलमा युनाइटेडकी गोलकिपर एरिना खड्का प्लेयर अफ द म्याच घोषित हुनु भयो । एरिनालाई रोयल समृद्धि स्पोर्टस हाउसका प्रोप्राइटर टिकाराम खत्री र महिला फुटबल समिति बाँके अध्यक्ष नितु चन्द शाहले पुरस्कृत गर्नु भयो । यसैगरी छात्र तर्फ रोमाञ्चक खेलमा नेपालगन्ज मोडेल एकेडेमीले जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालगन्ज मोडेल एकेडेमीले नेपालगन्ज सेन्ट जेभियर्स स्कुललाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेका थिएनन् । पेनाल्टी सुटआउटमा नेपालगन्ज मोडेल एकेडेमीका महेश शाही, राकेश सिंह ठकुरी, सुनिल थारु र निराजन शाहीले गर्नु भयो । नेपालगन्ज सेन्टजेभियर्सको लागि सोहित पुनले मात्र गोल गर्नु भयो । पेनाल्टीमा बिपक्षीको दुई प्रहारलाई रोक्न सफल नेपालगन्ज मोडेलका गोलकिपर आयुश चन्द प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । उहाँलाई ट्राईथोलनको अन्तराष्ट्रिय अफिसियल चाहना शाहले पुरस्कृत गर्नु भयो ।
छात्र तर्फको अर्को खेलमा होलिल्याण्ड स्कुलले पहिलो सेमिफाइनल खेलमा साईनिङ स्टार ईङलिस मिडियम स्कुललाई २–० ले पराजित गरेको हो । होलिल्याण्डको जितमा प्लेयर अफ द म्याच अनमोल विकले २९औं मिनेट र अभिशेष थापाले ५१औं मिनेटमा गोल गर्नु भयो । प्लेयर अफ द म्याच अनमोललाई बाँके जिल्ला खेलकुद विकास समितिका निर्वतमान सदस्य दिपक वलीले पुरस्कृत गर्नु भयो । बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा भैरहेको प्रतियोगिताको फाइनल खेल असार ८ गते हुनेछ ।
प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले नगद ३१ हजार, उपविजेताले १६ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्षको बाँके जिल्ला स्तरीय मेयर कप फुटबलको पुरुष ब्राइटल्याण्ड र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुल च्याम्पियन बनेका थिए । प्रतियोगितामा पुरुष तर्फ ब्राइटल्याण्डका सिरिस रावत र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वाेत्कृष्ट खेलाडी घोषित हुनु भएको थियो ।