पुर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालाका भतिज सुधान्सुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिदैं
Tuesday, October 6th, 2026, 9:44 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २० असोज
कोइराला परिवारको कान्छो सदस्य नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्व छनोटको लागि आज बिहान १०ः३० बजे देखि ४ बजे सम्म मनोनयन दर्ता गर्ने समय रहेको छ ।
नेपाली कांग्रेसका युवा नेता कोइरालाले आम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले आफुलाई विजयी गराउने विश्वास व्यक्त गर्नु भएको छ । सुधान्सुले कांग्रेसको खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लाग्नु भएको हो ।
उहाँले भन्नु भयो, ‘पार्टीको १५ औं महाधिवेशनमा खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको छु । हजुरहरु सम्पूर्णको साथ र सहयोगको अपेक्षा गर्दछु ।’
कोइराला पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गिय सुशिल कोइरालाका भतिजा हुनुहुन्छ । उहाँको पिता स्वर्गिय डा. अरुण कोइराला र माता किरण कोइराला नेपाली कांग्रेस बाँकेको पुर्वसभापति हुनुहुन्छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेपाली कांग्रेस बाँकेको जिल्ला कार्यसमिति सदस्यमा अत्यधिक मतका साथ निर्वाचित हुनु भएको थियो । यसैगरी १४औं महाधिवेशनमा पार्टीको जिल्ला सचिवमा लोकप्रिय मतका साथ निर्वाचित हुुुनु भएको थियो सुधान्सु ।