कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४५३ पुग्यो
Thursday, September 24th, 2020, 4:44 pm
amit
काठमाण्डौ, ८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ जना महिला र १२ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
काठमाडौंमा ८२ वर्षीया महिला, मोरङमा ५५ वर्षीया महिला, सुनसरीमा ८१ वर्षीया महिला, भक्तपुरमा ७३ वर्षीया महिला र धादिङमा ३२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
त्यस्तै काठमाडौंमा ७५, ७९ र ८० जना वर्षीय पुरुष, झापामा ७८ वर्षीय पुरुष, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ८४ वर्षीय पुरुष, तनहुँमा ३९ वर्षीय पुरुष, दाङमा ३९ वर्षीय पुरुष, कपिलवस्तुमा ५० वर्षीय पुरुष र नवलपरासीमा ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।