दाङमा एकैदिन १८ जुवाडे पक्राउ, पाँच लाख भन्दा बढी रकम बरामद
Saturday, October 3rd, 2020, 3:17 pm
amit
दाङ, १७ असोज । प्रहरीले एकैदिनमा दाङका विभिन्न ठाउँबाट १८ जना जुवाडेलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।
प्रहरीले दाङ राप्ती गाउँपालिका–५ सिसहनिया बजारस्थित रहेको दर्शन खाजा घरको कोठामा जुवातास खेलिरहेका अवस्थामा १० जनालाई पक्राउ गरेको छ।
दाङ राप्ती गाउँपालिका–७ बस्ने ३७ वर्षीय विक्रम साह, सोही ठाउँका २९ वर्षीय मोहन गाहा मगर, रोल्पा सिनिलस्मृति गाउँपालिका–७ बस्ने २८ वर्षीय नारायण रोका मगर, दाङ राप्ती गाउँपालिका–२ बस्ने ३० वर्षीय विक्रम रानालाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
प्रहरीका अनुसार सोही ठाउँका ३० वर्षीय श्याम गुरुङ, २८ वर्षीय वसन्त वेल्वासे, ३० वर्षीय लक्ष्मण गिरी, ३० वर्षीय छोटेलाल चौधरी, ४५ वर्षीय बेल सिंह भैयामार र ३८ वर्षीय युवराज बुढालाई पनि पक्राउ गरिएको हो।
गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो भने उनीहरुको साथबाट २ लाख ६० हजार १२५ रुपैयाँ नगद र ४६ बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै बबई गाउँपालिका– ३ धनुवासस्थित केशव भन्ने केश कुमार बिकको घरमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खिलतुिरबाट खटिएको प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
दाङ बबई गाउँपालिका–२ धनुवासका ३७ वर्षीय कुमार विक, सोही ठाउँका ४३ वर्षीय लोक बहादुर खड्का, ४९ वर्षीय पर्साराम बिक, २४ वर्षीय शेरबहादुर बिक, २४ वर्षीय प्रेम पुन, ३२ वर्षीय बिमल भन्ने बिन बहादुर घर्ती, २९ वर्षीय बिक्की नेपाली र २९ वर्षीय भीम बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरुको साथबाट २ लाख ६१ हजार ९९० रुपैयाँ नगद र एक बुक तास बरामद भएको छ भने उनीहरुमाथि थप अनुसन्धान पनि भइरहेको छ।